काठमाडौं। नवलपरासीको (पूर्व) कावासोती नगरपालिका-११ पिठौलीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार ५१ वर्षीय दिलबहादुर बरामको मृत्यु भएको हो।
उनी सवार लु ६० प ४०३७ नम्बरको मोटरसाइकल सोमबार साँझ अनियन्त्रित भएर दुर्घटना भएको थियो।
दुर्घटना परी गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही दुर्घटनामा परी घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीया सीमा महत्तोको सोही अस्पतालमा उपचार भइरहेको छ।
" /> काठमाडौं। नवलपरासीको (पूर्व) कावासोती नगरपालिका-११ पिठौलीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।प्रहरीका अनुसार ५१ वर्षीय दिलबहादुर बरामको मृत्यु भएको हो।

">