अँध्यारो भएकाले गोली कसले चलाएको भन्ने खुल्न नसकेको उनको भनाइ छ। “गोली लागेपछि उनीहरूलाई भाग्न हतार भयो। अँध्यारो भएकाले को थिए भन्ने देखिएन भन्ने कुरा उनीहरूबाट आएको छ। सायद एसएसबी नभएर वनको सुरक्षार्थ खटिएका वनपाले हुनुपर्छ। थप अनुसन्धान भइरहेको छ,” उनले भने।
सुरूमा डरले उनीहरूले भारतमा सामान किनेर फर्किने बेला गोली प्रहार भएको बताएका थिए। तर, पछि सुनारसँग गएका अन्य दुई जनासँग सोधपुछ गर्ने क्रममा नयाँ कुरा पत्ता लागेको हो।

चाँदनी-दोधारा गोली प्रकरण : भारतीय जंगलमा काठ काट्न जाँदा गोली प्रहार!: Dekhapadhi
चाँदनी-दोधारा गोली प्रकरण : भारतीय जंगलमा काठ काट्न जाँदा गोली प्रहार!

कञ्चनपुर। चाँदनी-दोधाराका नरेन्द्र लुहारसहित तीन जना सोमबार भारतीय जंगलमा काठ काट्न गएको अवस्थामा भारतीय प्रहरीले गोली चलाएको खुलेको छ।

कञ्चनपुर प्रहरी प्रवक्ता डीएसपी अमरबहादुर थापाले भारतीय क्षेत्रमा पर्ने जंगलमा काठ काट्न गएका लुहारमाथि गोली प्रहार भएको बताए। उनीसँगै अन्य दुई जना भारतीय जंगलमा काठ काट्न गएका थिए।

भारतीय वन क्षेत्र गडिगोठमा पुगेका दोधारा-चाँदनी-१ का १६ वर्षीय लुहार हिजो (सोमबार) साँझ भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका थिए। उनको महाकाली अस्पतालमा उपचार भइरहेको छ।

उनको दायाँ खुट्टाको घुँडामुनि गोली लागेको थियो। गोली कसले चलाएको थियो भन्ने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। उनीहरूमाथि गोली चलाइयो भन्ने खुलिसकेको छ।

इलाका प्रहरी कार्यालय दोधारा-चाँदनीका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार उनीहरू तीनैजना घरको लागि आवश्यक पर्ने काठ लिन भारतीय जंगल गडिगोठ गएका थिए।

घाइते सुनारले सुरूमा आफू भारतबाट फर्किने क्रममा एसएसबीले गोली चलाएको बयान दिएका थिए। तर, अनुसन्धानको क्रममा उनीहरू काठ काट्न गएको बेला भारतीय सुरक्षाकर्मीबाट गोली प्रहार भएको देखिएको प्रहरी निरीक्षक बमले बताए।

“घर बनाउँदा आवश्यक पर्ने काठ (बल्ली) लिनका लागि गडिगोठ गएका रहेछन्। एउटा रूख ढालिसकेर अर्को रूख ढाल्ने क्रममा ड्याङ्ग आवाज आएको थियो। दुई जना भागिसकेछन्। लुहारको खुट्टामा भने गोलीको छर्रा लागेको थियो,” प्रहरी निरीक्षक बमले देखापढीसँग भने।

सिफारिस

दोधारा-चाँदनीमा भारतीय सुरक्षाकर्मीको गोली लागेर एक जना घाइते