काठमाडौं। आगलागीका घटनाले यो वर्ष देशभर एक अर्बभन्दा बढीको क्षति गरेको छ। २०७७ वैशाख १ देखि पुस २० गतेसम्मको साढे नौ महिनाको अवधिमा आगलागीका घटनामा परी ३६ जनाले ज्यान गुमाइसकेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो साढे नौ महिनाको अवधिमा देशभर एक हजार ३८२ वटा आगलागीका घटना रकेर्ड भएका छन्।
यो वर्ष आगलागीका घटनाले कूल एक अर्ब ६ करोड चार लाख २४ हजार ४१० रूपैयाँ बराबरको क्षति गरेको प्राधिकरणले जनाएको छ।
आगलागीका घटनामा परी उक्त अवधिमा २३६ जना घाइते भएका छन् भने ५९३ चौपायाको मृत्यु भएको छ।
प्राधिकरणको तथ्याङ्क अनुसार पछिल्लो साढे नौ महिनामा प्रकोपका घटना (आगलागी, चट्याङ, सर्पदंश, जनावर आक्रमण, बाढी, पहिरो, अविरल वर्ष र हावाहुरी) बाट एक अर्ब २१ करोड ८४ लाख ५१ हजार १६० रूपैयाँ बराबरको क्षति भएको छ।
यो वर्ष नौ वटा प्रकोपका घटनाले गरेको कूल क्षतिको ८७.०३ प्रतिशत हिस्सा आगलागीका घटनाले ओगटेको छ।
यो वर्ष रसुवा, लमजुङ, जुम्ला, कालिकोट र बझाङमा आगलागीका घटनाले कुनै पनि क्षति गरेको छैन।
बितेको साढे नौ महिनाको अवधिमा आगलागीले सबैभन्दा ठूलो क्षति क्रमशः काठमाडौं, सुनसरी, ताप्लेजुङ, झापा र मोरङमा गरेको छ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्क अनुसार आगलागीले काठमाडौंमा ११ करोड ४७ लाख ४१ हजार ४०० रूपैयाँ, सुनसरीमा ११ करोड २६ लाख १० हजार रूपैयाँ, ताप्लेजुङमा आठ करोड ५५ लाख ३९ हजार ५० रूपैयाँ, झापामा सात करोड सात लाख ८७ हजार ५०० रूपैयाँ र मोरङमा चार करोड ८७ लाख ५५ हजार ६०० रूपैयाँ बराबरको क्षति गरेको छ।

२०७६ सालमा देशभर दुई हजार ४८७ वटा आगलागीका घटना घटेका थिए। ती घटनामा ४९ जनाको मृत्यु र २९४ जना घाइते भएका थिए। उक्त वर्ष आगलागीले देशभर दुई अर्ब ७८ करोड ९४ लाख १७ हजार ६२० रूपैयाँ बराबरको क्षति गरेको थियो।
यस्तै, २०७५ सालमा दुई हजार ७७२ वटा आगलागीका घटना भएका थिए। ती घटनामा परी ८९ जनाले ज्यान गुमाएका थिए भने ३४३ घाइते। २०७५ सालमा आगलागीका घटनालले देशभर चार अर्ब पाँच करोड ६३ लाख ८५ हजार ८३४ रूपैयाँ बराबरको क्षति गरेको केन्द्रले जनाएको छ।
" /> काठमाडौं। आगलागीका घटनाले यो वर्ष देशभर एक अर्बभन्दा बढीको क्षति गरेको छ। २०७७ वैशाख १ देखि पुस २० गतेसम्मको साढे नौ महिनाको अवधिमा आगलागीका घटनामा परी ३६ जनाले ज्यान गुमाइसकेका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो साढे नौ महिनाको अवधिमा देशभर एक हजार ३८२ वटा आगलागीका घटना रकेर्ड भएका छन्।

">