चितवन। चितवन राष्ट्रिय निकुञ्जमा १८ वर्ष गोही संरक्षणमा लागेका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले आफूले प्राप्त गरेको अनुभव हस्तान्तरण गरेका छन्। सेवाबाट अवकास हुनैलाग्दा उनले प्राप्त गरेका अनुभव निकुञ्जका कर्मचारीलाई हस्तान्तरण गरेका हुन्।
अठार वर्षसम्म रातदिन, झरीबादल केही नभनी संरक्षणमा जुटेका खड्काले घडियाल गोही संरक्षणको क्षेत्रमा उल्लेखनीय काम गरेका छन्। निकुञ्जको गोही प्रजनन केन्द्रमा मात्रै होइन, उनले नारायणी र राप्ती नदीमा रहेका गोहीको संरक्षणका लागि पनि त्यतिकै ठूलो परिश्रम गरेका छन्। त्यही अनुभवलाई तीनदिने तालिमको आयोजना गरेर उनले निकुञ्जका कर्मचारीलाई आफ्नो अनुभव प्रदान गरे। यससँगै आज उनी अनिवार्य अवकासबाट बिदा हुनेछन्।
गोहीको पालनपोषण, नियन्त्रण, नदीमा छोड्ने विधिलगायतका विषयमा निकुञ्जका कर्मचारीलाई तालिम दिइएको हो। उनीहरुलाई खड्काले प्रशिक्षण दिएका छन्। खड्का निकुञ्जबाट बिदा भएसँगै त्यहाँका कर्मचारीलाई गोही संरक्षण गर्न सहज होस् भन्ने उद्देश्यले तालिम दिइएको हो। सो क्रममा घडीयाल गोहीलाई नदीमा छाड्नुअघि नियन्त्रणमा लिने तरिका, गोहीको नापजाँच, चिह्नसँगै छोड्ने विधि प्रत्यक्षरूपमा सिकाइएको थियो। खड्काका अनुसार तालिममा गोही प्रजनन केन्द्रका ११ गोही नियन्त्रणमा लिएर राप्ती नदीमा छाडिएको छ।
सहभागीलाई गोही नियन्त्रणमा लिएर नदीमा छाड्नेसम्मका विधि सिकाइएको थियो। यसैगरी राप्ती नदीका दुई गोही नियन्त्रणमा लिएर छाडिएको थियो। यस क्रममा जालमा अड्किएका र उपचार गर्नुपर्ने गोहीलाई कसरी नियन्त्रणमा लिने भन्ने विधि सिकाइएको थियो। कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काएका गोहीलाई नदीमा छाडिँदै आएको छ। हालसम्म सो प्रजनन केन्द्रमा हुर्काइएका एक हजार ५८० गोही विभिन्न नदीमा छाडिसकिएको छ। तालिममा १७ जना गेमस्काउट सहभागी भएका थिए।
प्रजनन केन्द्रमा गोहीले पारेका अण्डा र नदीमा सङ्‍कलन भएका अण्डालाई प्रजनन केन्द्रमा राखेर बच्चा कोरलेसँगै ती बच्चा  हुर्काएर नदीमा  छाडिँदै आएको छ। खड्काका अनुसार हाल प्रजनन केन्द्रमा ५८७ गोही छन्। यस वर्ष मात्र ६५ गोही नदीमा छाडिसकिएको छ। सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो। पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही छन्। रासस
" /> चितवन। चितवन राष्ट्रिय निकुञ्जमा १८ वर्ष गोही संरक्षणमा लागेका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले आफूले प्राप्त गरेको अनुभव हस्तान्तरण गरेका छन्। सेवाबाट अवकास हुनैलाग्दा उनले प्राप्त गरेका अनुभव निकुञ्जका कर्मचारीलाई हस्तान्तरण गरेका हुन्।
अठार वर्षसम्म रातदिन, झरीबादल केही नभनी संरक्षणमा जुटेका खड्काले घडियाल गोही संरक्षणको क्षेत्रमा उल्लेखनीय काम गरेका छन्। निकुञ्जको गोही प्रजनन केन्द्रमा मात्रै होइन, उनले नारायणी र राप्ती नदीमा रहेका गोहीको संरक्षणका लागि पनि त्यतिकै ठूलो परिश्रम गरेका छन्। त्यही अनुभवलाई तीनदिने तालिमको आयोजना गरेर उनले निकुञ्जका कर्मचारीलाई आफ्नो अनुभव प्रदान गरे। यससँगै आज उनी अनिवार्य अवकासबाट बिदा हुनेछन्।
गोहीको पालनपोषण, नियन्त्रण, नदीमा छोड्ने विधिलगायतका विषयमा निकुञ्जका कर्मचारीलाई तालिम दिइएको हो। उनीहरुलाई खड्काले प्रशिक्षण दिएका छन्। खड्का निकुञ्जबाट बिदा भएसँगै त्यहाँका कर्मचारीलाई गोही संरक्षण गर्न सहज होस् भन्ने उद्देश्यले तालिम दिइएको हो। सो क्रममा घडीयाल गोहीलाई नदीमा छाड्नुअघि नियन्त्रणमा लिने तरिका, गोहीको नापजाँच, चिह्नसँगै छोड्ने विधि प्रत्यक्षरूपमा सिकाइएको थियो। खड्काका अनुसार तालिममा गोही प्रजनन केन्द्रका ११ गोही नियन्त्रणमा लिएर राप्ती नदीमा छाडिएको छ।
सहभागीलाई गोही नियन्त्रणमा लिएर नदीमा छाड्नेसम्मका विधि सिकाइएको थियो। यसैगरी राप्ती नदीका दुई गोही नियन्त्रणमा लिएर छाडिएको थियो। यस क्रममा जालमा अड्किएका र उपचार गर्नुपर्ने गोहीलाई कसरी नियन्त्रणमा लिने भन्ने विधि सिकाइएको थियो। कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काएका गोहीलाई नदीमा छाडिँदै आएको छ। हालसम्म सो प्रजनन केन्द्रमा हुर्काइएका एक हजार ५८० गोही विभिन्न नदीमा छाडिसकिएको छ। तालिममा १७ जना गेमस्काउट सहभागी भएका थिए।
प्रजनन केन्द्रमा गोहीले पारेका अण्डा र नदीमा सङ्‍कलन भएका अण्डालाई प्रजनन केन्द्रमा राखेर बच्चा कोरलेसँगै ती बच्चा  हुर्काएर नदीमा  छाडिँदै आएको छ। खड्काका अनुसार हाल प्रजनन केन्द्रमा ५८७ गोही छन्। यस वर्ष मात्र ६५ गोही नदीमा छाडिसकिएको छ। सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो। पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही छन्। रासस
"> गोही संरक्षणको १८ वर्षको अनुभव हस्तान्तरण: Dekhapadhi चितवन राष्ट्रिय निकुञ्जमा १८ वर्ष गोही संरक्षणमा लागेका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले आफूले प्राप्त गरेको अनुभव हस्तान्तरण गरेका छन्।
• अठार वर्षसम्म रातदिन, झरीबादल केही नभनी संरक्षणमा जुटेका खड्काले घडियाल गोही संरक्षणको क्षेत्रमा उल्लेखनीय काम गरेका छन्।
• गोहीको पालनपोषण, नियन्त्रण, नदीमा छोड्ने विधिलगायतका विषयमा निकुञ्जका कर्मचारीलाई तालिम दिइएको हो।
गोही संरक्षणको १८ वर्षको अनुभव हस्तान्तरण
चितवन। चितवन राष्ट्रिय निकुञ्जमा १८ वर्ष गोही संरक्षणमा लागेका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले आफूले प्राप्त गरेको अनुभव हस्तान्तरण गरेका छन्। सेवाबाट अवकास हुनैलाग्दा उनले प्राप्त गरेका अनुभव निकुञ्जका कर्मचारीलाई हस्तान्तरण गरेका हुन्।
अठार वर्षसम्म रातदिन, झरीबादल केही नभनी संरक्षणमा जुटेका खड्काले घडियाल गोही संरक्षणको क्षेत्रमा उल्लेखनीय काम गरेका छन्। निकुञ्जको गोही प्रजनन केन्द्रमा मात्रै होइन, उनले नारायणी र राप्ती नदीमा रहेका गोहीको संरक्षणका लागि पनि त्यतिकै ठूलो परिश्रम गरेका छन्। त्यही अनुभवलाई तीनदिने तालिमको आयोजना गरेर उनले निकुञ्जका कर्मचारीलाई आफ्नो अनुभव प्रदान गरे। यससँगै आज उनी अनिवार्य अवकासबाट बिदा हुनेछन्।
गोहीको पालनपोषण, नियन्त्रण, नदीमा छोड्ने विधिलगायतका विषयमा निकुञ्जका कर्मचारीलाई तालिम दिइएको हो। उनीहरुलाई खड्काले प्रशिक्षण दिएका छन्। खड्का निकुञ्जबाट बिदा भएसँगै त्यहाँका कर्मचारीलाई गोही संरक्षण गर्न सहज होस् भन्ने उद्देश्यले तालिम दिइएको हो। सो क्रममा घडीयाल गोहीलाई नदीमा छाड्नुअघि नियन्त्रणमा लिने तरिका, गोहीको नापजाँच, चिह्नसँगै छोड्ने विधि प्रत्यक्षरूपमा सिकाइएको थियो। खड्काका अनुसार तालिममा गोही प्रजनन केन्द्रका ११ गोही नियन्त्रणमा लिएर राप्ती नदीमा छाडिएको छ।
सहभागीलाई गोही नियन्त्रणमा लिएर नदीमा छाड्नेसम्मका विधि सिकाइएको थियो। यसैगरी राप्ती नदीका दुई गोही नियन्त्रणमा लिएर छाडिएको थियो। यस क्रममा जालमा अड्किएका र उपचार गर्नुपर्ने गोहीलाई कसरी नियन्त्रणमा लिने भन्ने विधि सिकाइएको थियो। कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काएका गोहीलाई नदीमा छाडिँदै आएको छ। हालसम्म सो प्रजनन केन्द्रमा हुर्काइएका एक हजार ५८० गोही विभिन्न नदीमा छाडिसकिएको छ। तालिममा १७ जना गेमस्काउट सहभागी भएका थिए।
प्रतिक्रिया दिनुहोस्