काठमाडौं। गोरखादेखि काठमाडौंसम्मको विजय अभियानको क्रममा गोरखा सेनाले प्रयोग गरेका मार्गहरूमा नेपाली सेनाले एकीकृत पदयात्रा सुरू गरेको छ।
सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बिहान ८ बजेपछि एकीकृत पदयात्रा सुरू गरिएको बताए।
पदमा यात्रामा पृथ्वीनारायण शाहले स्थापना गरेका नेपाली सेनाका पाँच वटा कम्पनीहरू श्रीनाथ, पुरानो गोरख, कालिबक्स, बर्दाबाहिनी र सबुजको टोलीसँगै सर्वसाधारण र विद्यार्थीहरू सहभागी छन्।
सैनिक प्रवक्ता पौडेलले ती पाँचवटै कम्पनीको निशान, ज्वाला ‘टर्च’ सँगै नेपालको झण्डा पदयात्रामा सहभागी हुनेहरूले बोक्ने बताए।
गोरखा दरबार क्षेत्रबाट पदयात्रामा सहभागी हुने उनीहरू आज धादिङ आएर बस्नेछन्।
त्यहाँदेखि भोलि (२२) गते नुवाकोट आउनेछन्। त्यहाँदेखि शिवपुरी हुँदै पुसको २६ गते हनुमान ढोकामा आइपुग्ने छन्।
पुसको २७ गते अर्थात् पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको दिन भने तराई, मधेस, पहाड, हिमाल र काठमाडौं उपत्यकाको विशिष्ट संस्कृति झल्किने झाँकी, बाजागाजासहतिको टोलीले सैनिक मुख्यालय जंगीअड्डा जाने पदयात्राको कार्यतालिका छ।
पदयात्राको क्रममा नेपाल एकीकरणसँगै राष्ट्रिय एकताबारे इतिहासका ज्ञाताहरूले जानकारी दिने कार्यक्रम पनि सैनिक मुख्यालयले जनाएको छ।
नेपाली सेनाको स्थापना गर्न पृथ्वीनारायण शाहको महत्त्वपूर्ण भूमिका मानिने गरिन्छ। र, उनै पृथ्वीनारायणसँग नेपाली सेनाको इतिहास जोडिएको छ।
सोही कारण नेपाली सेनाले नेपाल एकीकरणको इतिहास र सैनिक इतिहासबारे नयाँ पुस्तालाई थाहा दिँदै तत्कालीन गोरखा सेनाले काठमाडौं उपत्यकासम्मको विजय यात्राको क्रममा प्रयोग गरेका मार्गहरूको पर्यटकीय दृष्टिले विकासका लागि सघाउन पुर्याउने उद्देश्यले एकीकृत पदयात्रा गरिँदै आएको सैनिक प्रवक्ता पौडेलले बताए।
" /> काठमाडौं। गोरखादेखि काठमाडौंसम्मको विजय अभियानको क्रममा गोरखा सेनाले प्रयोग गरेका मार्गहरूमा नेपाली सेनाले एकीकृत पदयात्रा सुरू गरेको छ।सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बिहान ८ बजेपछि एकीकृत पदयात्रा सुरू गरिएको बताए।

">