रुपन्देही। सडक दुर्घटनामा परी बुटवलमा एकजनाको मृत्यु भएको छ। आज बिहान मिलनचोकस्थित पश्चिमाञ्चल फाइनान्स अगाडि मिक्सचरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक गुल्मीको रेसुङ्गा नगरपालिका–४ का २० वर्षीय सरोज भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाका अनुसार पश्चिमाञ्चल फाइनान्स अगाडि चौराहाबाट मिलनचोकतर्फ जाँदै गरेको लु. ३५ प १०९१ नम्बरको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा लु १ क ३३७० नम्बरको मिक्सचरले ठक्कर दिएको थियो। मोटरसाइकल, मिक्सचर र त्यसका चालकलाई लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।
रासस
" /> रुपन्देही। सडक दुर्घटनामा परी बुटवलमा एकजनाको मृत्यु भएको छ। आज बिहान मिलनचोकस्थित पश्चिमाञ्चल फाइनान्स अगाडि मिक्सचरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक गुल्मीको रेसुङ्गा नगरपालिका–४ का २० वर्षीय सरोज भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाका अनुसार पश्चिमाञ्चल फाइनान्स अगाडि चौराहाबाट मिलनचोकतर्फ जाँदै गरेको लु. ३५ प १०९१ नम्बरको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा लु १ क ३३७० नम्बरको मिक्सचरले ठक्कर दिएको थियो। मोटरसाइकल, मिक्सचर र त्यसका चालकलाई लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।
रासस
">