भीरबाट लडेर मृत्यु
<p>डोटी। जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ मा भीरबाट लडेर ६० वर्षीय काले भुलको मृत्यु भएको छ। </p>
<p>गोरु गोठालो गएका बेला आज जौपुल्ले भीरबाट लडेर उहाँ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिएका छन्।</p>
<p>जिल्ला अस्पताल डोटीमा शव परीक्षण गरिएको प्रहरीले जनाएको छ। </p>
<p><em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
