वासिङ्टन। अमेरिकाको सभामुखमा फेरि पनि नान्सी पेलोसी नै निर्वाचित भएका छन्। डेमोक्रयाटको तर्फबाट पुनः उम्मेदवारी दिएपछि डेमोक्र्याटकै बहुमत रहेकाले झिनो मतान्तरले उनी पुनः निर्वाचित भएका हुन्।
अघिल्लो कार्यकालमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संसदीय र लोकतान्त्रिक मर्यादा र प्रक्रिया उलङ्घन गर्न नदिन सकारात्मक भूमिका निभाएका थिए। त्यसै गरी कोरोनाभाइरसको महामारी व्यवस्थापनका लागि भएको हेलचक्र्याइँप्रति पनि उनले सरकारलाई सचेत गराइरहेका थिए।
उनले विगतमा राम्रो भूमिका खेलेकाले उनलाई नै फेरी जिम्मेवारी दिन हामी तयार भयौँ, एक सांसदले भने। सभामुख पेलोसी थप दुई वर्षका लागि पुनः निर्वाचित भएका हुन्। यो नै उहाँको अन्तिम कार्यकाल हुने सम्भावना रहेको छ।
उनले कोरोनाका कारण जीवन गुमाएका तीन लाख ५० हजारभन्दा बढी नागरिक, रोजगारी गुमाएका व्यक्ति र समस्यामा परेका सबैका लागि आफ्नो तर्फबाट जिम्मेवारी बहन गर्ने अठोट व्यक्त गरिन्। सभामुखमा उनका विरुद्धमा म्याककार्थीलाई उम्मेदवार बनाइएको थियो र उनी झिनो मतान्तरले पराजित भए।
औपचारिक रूपमा सार्वजनिक गरिएको नतिजाअनुसार पेलोसीले २१६ मत प्राप्त गर्दा म्याककार्थीले २०९ मत प्राप्त गरेका थिए।
कोरोनाभाइरस नियन्त्रणसम्बन्धी निर्देशिकालाई पालना गर्दै निर्वाचन गरिएको थियो। उनीहरुलाई सामाजिक दुरी कायम गर्न, मास्क लगाउन र सेनिटाइजर वा सावुन पानी प्रयोग गर्न पनि लगाइएको अधिकारीहरूले जनाएका छन्।
डेमोक्र््याटका तर्फबाटै राष्ट्रपति निर्वाचित भएका जो बाइडेनले पदबहाली गर्न १७ दिन बाँकी रहँदा पेलोसी अमेरिकी सभामुखका रूपमा पुनः निर्वाचित भएका हुन्। अमेरिकामा नवनिर्वाचित राष्ट्रपतिलाई जनवरी २० तारिखमा सपथ ग्रहण गराउदै पद बहाली गराउने प्रचलन रहेको छ।
रासस/एपी
" /> वासिङ्टन। अमेरिकाको सभामुखमा फेरि पनि नान्सी पेलोसी नै निर्वाचित भएका छन्। डेमोक्रयाटको तर्फबाट पुनः उम्मेदवारी दिएपछि डेमोक्र्याटकै बहुमत रहेकाले झिनो मतान्तरले उनी पुनः निर्वाचित भएका हुन्।अघिल्लो कार्यकालमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संसदीय र लोकतान्त्रिक मर्यादा र प्रक्रिया उलङ्घन गर्न नदिन सकारात्मक भूमिका निभाएका थिए। त्यसै गरी कोरोनाभाइरसको महामारी व्यवस्थापनका लागि भएको हेलचक्र्याइँप्रति पनि उनले सरकारलाई सचेत गराइरहेका थिए।

">