नयाँ दिल्ली। भारतमा केन्द्रीय सरकारका प्रतिनिधि र आन्दोलनरत किसानका प्रतिनिधिका बीचमा सोमबार आठौँ चरणको वार्ता भएको छ। आठौँ चरणसम्म पनि वार्ता निष्कर्षमा नपुगेकाले नवौँ चरणको वार्ता जनवरी ८ को दिउसो २ बजे गर्ने सहमति भएको छ।
सोमबार बिहान सुरु भएको वार्तामा दुवै पक्षले आ–आफ्नो अडान नत्यागेको र सहमती हुने नयाँ उपाय नभेटिएकोले सहमति हुन नसकेको अधिकारीहरुले जनाएका छन्। वार्ताका क्रममा किसानका प्रतिनिधिहरुले कृषिसम्बन्धी तीनओटै कानुन तत्काल फिर्ता लिनु पर्ने माग राखेका थिए।
वार्तामा सरकारको तर्फबाट मन्त्रीहरु नरेन्द्र सिंह टोमर, पियुष गोयल र सोम प्रकाशसहित सरकारी उच्च अधिकारीहरू सहभागी थिए। वार्तामा बसेका किसानका प्रतिनिधिहरुले प्रदर्शनका क्रममा निधन भएका किसानको स्मृतिमा दुई मिनेट मौन धारण गरेका थिए।
वार्तापछि भारतीय किसान युनियनका प्रवक्ता राकेश टिकैटले आफ्ना मागहरु पूरा नहुँदासम्म सहमत हुन नसकिने भएकाले वार्ता टुंगोमा नपुगेको जानकारी दिए।
भारतमा कृषिसम्बन्धी तीनओटा कानून तत्काल फिर्ता हुनुपर्ने माग गर्दै किसानहरुले एक महिनाभन्दा बढी समयदेखि आन्दोलन गरिरहेका छन्।
रासस/एएनआई
" /> नयाँ दिल्ली। भारतमा केन्द्रीय सरकारका प्रतिनिधि र आन्दोलनरत किसानका प्रतिनिधिका बीचमा सोमबार आठौँ चरणको वार्ता भएको छ। आठौँ चरणसम्म पनि वार्ता निष्कर्षमा नपुगेकाले नवौँ चरणको वार्ता जनवरी ८ को दिउसो २ बजे गर्ने सहमति भएको छ।सोमबार बिहान सुरु भएको वार्तामा दुवै पक्षले आ–आफ्नो अडान नत्यागेको र सहमती हुने नयाँ उपाय नभेटिएकोले सहमति हुन नसकेको अधिकारीहरुले जनाएका छन्। वार्ताका क्रममा किसानका प्रतिनिधिहरुले कृषिसम्बन्धी तीनओटै कानुन तत्काल फिर्ता लिनु पर्ने माग राखेका थिए।

">