काठमाडौं। पूर्वसचिव स्व. मदनप्रसाद अर्यालको स्मृतिमा छात्रवृत्ति कोष स्थापना गरिएको छ। अर्यालको स्मृतिमा संखुवासभाको खाँदबारीस्थित वरूण बहुमुखी क्याम्पसमा कोष स्थापना गरिएको हो।
अर्याल उक्त क्याम्पसका संस्थापक अध्यक्ष हुन्। छात्रवृत्ति कार्यक्रम शैक्षिक सत्र २०७७/७८ देखि लागू हुने बताइएको छ। स्व. अर्यालले राजपरिषद् स्थायी समिति र रक्षा मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए।
अर्यालका छोराहरू दिनेश अर्याल र प्रवेश अर्यालको उपस्थितिमा आइतबार छात्रवृत्तिको घोषणा गरिएको हो। अर्यालको स्मृतिमा स्थापित छात्रवृत्ति क्याम्पस व्यवस्थापन समितिको सिफारिसबमोजिम प्रत्येक वर्ष क्याम्पस स्थापना दिवसका दिन प्रदान गरिने उल्लेख छ।
कक्षा ११ का जेहेन्दार र न्यून आय भएका संखुवासभा जिल्लावासी परिवारका मेधावी एक छात्र तथा एक छात्रालाई प्रतिमहिना जनही तीन हजार रूपैयाँका दरले एकमुष्ट छात्रवृत्ति प्रदान गरिने उल्लेख छ।
उक्त छात्रवृत्तिको सुनिश्चित भविष्य तथा निरन्तरताका लागि परिवारले नै एक स्थायी कोष स्थापना गर्ने स्व. अर्यालका सुपत्र प्रवेश अर्यालले जानकारी दिए। स्व. अर्याल संखुवासभामा प्रमुख जिल्ला अधिकारीसमेत भएका थिए।
कुशल प्रशासकका रूपमा उनलाई जिल्लावासीले स्मरण र आदर गर्ने गरेका कारण उनको सम्झनामा छात्रवृत्ति कोष स्थापना गरिएको उनका छोरा अर्यालले बताए।
" /> काठमाडौं। पूर्वसचिव स्व. मदनप्रसाद अर्यालको स्मृतिमा छात्रवृत्ति कोष स्थापना गरिएको छ। अर्यालको स्मृतिमा संखुवासभाको खाँदबारीस्थित वरूण बहुमुखी क्याम्पसमा कोष स्थापना गरिएको हो।अर्याल उक्त क्याम्पसका संस्थापक अध्यक्ष हुन्। छात्रवृत्ति कार्यक्रम शैक्षिक सत्र २०७७/७८ देखि लागू हुने बताइएको छ। स्व. अर्यालले राजपरिषद् स्थायी समिति र रक्षा मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए।

">