काठमाडौं। २०७२ सालको भूकम्पले भत्किएको रानीपोखरी पाँच वर्षपछि पुरानै स्वरूपमा फर्काइयो। यही कात्तिक ४ गते राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा उदघाटन गरे।

उदघाटन गर्नुअघि रानीपोखरीमा बागमतीबाट ल्याइएको र आकाशे गरेर दुई करोड लिटर पानी हालिएको थियो। यद्यपि, रानीपोखरीको पुनर्निर्माणको काम अझै सम्पन्न भएको छैन।

निकै तामझामसहित उदघाटन गरिएको रानीपोखरी यतिबेला फेरि कुरूप बन्दै जान थालेको छ।

पोखरीमा भरिएको पानीमा लेउ तथा झ्याउ जम्न थालेको छ। त्यो लेउ तथा झ्याउ कसरी हटाउने भन्नेमा अहिलेसम्म अन्योल छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले कुन तरिकाले सफा गर्ने भन्ने विषयमा अहिलेसम्म टुंगो लाग्न नसकेको जानकारी दिए।

“सामान्य तरिकाले सफा गर्नुपर्छ भन्नेतिर हामी लागेका छौं। ती तरिका खोजिरहेका छौं। यस क्षेत्रका विज्ञहरू छलफल भइरहेको छ। विगतमा कसरी गरिन्थ्यो? त्यसका जानकारी लिइरहेका छौं। अहिले नै कसरी सफा गर्ने भन्नेमा टुंगो लागेको छैन।”

विगतको परम्परालाई मध्यनजर गर्दै सोही आधारमा पोखरी सफा गर्ने प्राधिकरणको तयारी रहेको उनको भनाइ छ। तर, पहिला कसरी सफा गरिन्थ्यो भन्ने जानकारी प्राधिकरणलाई छैन। जसले गर्दा लेउ र झ्याउले भरिँदा पनि सफा गर्न नसकिएको प्रवक्ता अर्यालको भनाइ छ।

“सामान्य तरिकाले सफा गर्नुपर्छ भन्नेतिर हामी लागेका छौं। ती तरिका खोजिरहेका छौं। यस क्षेत्रका विज्ञहरू छलफल भइरहेको छ। विगतमा कसरी गरिन्थ्यो? त्यसका जानकारी लिइरहेका छौं। अहिले नै कसरी सफा गर्ने भन्नेमा टुंगो लागेको छैन,” प्रवक्ता अर्यालले भने।

यो वर्षको भाइटीकाको दिन रानीपोखरी खुला गरिएको थियो। त्यो समयमा डुंगामार्फत सफा गरिएको थियो। तर, त्यसरी बारम्बार सफा गरिराख्न सम्भव नहुने अर्यालको भनाइ छ।

रसायन प्रयोग गरेर पनि सफा गर्न सकिने तर, त्यस्तो गर्दा पानीमा भएका माछा र जलचरलाई असर गर्ने उनको भनाइ छ। यो सबै समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको भन्दै उनले भने, “यसको लागि हामी दीर्घकालीन समाधान खोज्ने प्रयासमा छौं।”

रानीपोखरी पुनर्निर्माणका विज्ञ तथा पुनर्निर्माण प्राधिकरणका पूर्वसहसचिव राजुमान मानन्धरले कुनै पनि आधुनिक प्रविधिको प्रयोग गरेर सफा गर्न नसकिने जानकारी दिए।

रानीपोखरी पुनर्निर्माणमा खटिएका मानन्धरले सरकोरावाला निकायसँग छलफल गरेर मात्र कसरी अगाडि बढ्ने भन्नेमा टुंगोमा पुगिने बताए।

प्रताप मल्लकालीन रानीपोखरीमा नेपाल र भारतका विभिन्न ५१ तीर्थस्थलको जल हालिएको इतिहास छ। रानीपोखरीको पुनर्निर्माणपछि गोसाइँकुण्ड, तिलिचो ताल, मूक्तिनाथ, भारतको बनारस, गंगोत्री, हरिद्वार, बद्रीनाथ, केदारनाथ लगायतका तीर्थस्थलको जल चढाइएको प्राधिकरणले जनाएको छ।

काठमाडौं महानगरलाई कहिले हुन्छ हस्तान्तरण?

प्राधिकरणको प्रत्यक्ष निगरानीमा बनाइएको रानीपोखरी काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिनेछ।

रानीपोखरी क्षेत्रका अन्य संरचना मर्मत तथा सम्भारको काम सकिएपछि मात्र काठमाडौं महानगरलाई हस्तान्तरण गरिने मानन्धरको भनाइ छ।

“जमल र शान्तिवाटिका पनि पुनर्निर्माण गरिनेछ। शान्तिवाटिका क्षेत्रमा पार्क व्यवस्थापन, शौचालय निर्माण, रानीपोखरी छिर्ने टिकट काउन्टर तथा अन्य पसलहरू पनि बन्नेछन्। सबै काम सकिएपछि मात्र महागरलाई हस्तान्तरण गरिनेछ,” मानन्धरले भने।

अहिले नै यी सबै काम सुरू भइनसकेकाले महागरपालिकालाई हस्तान्तरण गर्न केही समय लाग्न सक्ने उनको भनाइ छ।

" /> काठमाडौं। २०७२ सालको भूकम्पले भत्किएको रानीपोखरी पाँच वर्षपछि पुरानै स्वरूपमा फर्काइयो। यही कात्तिक ४ गते राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा उदघाटन गरे।

"> लेउ र झारले भरियो रानीपोखरी, सफा गर्ने ‘आइडिया’ खोज्दै पुनर्निर्माण प्राधिकरण: Dekhapadhi
लेउ र झारले भरियो रानीपोखरी, सफा गर्ने ‘आइडिया’ खोज्दै पुनर्निर्माण प्राधिकरण

प्रतिक्रिया दिनुहोस्