काठमाडौं। डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा चलखेल भइरहेको जनाउँदै त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
आज एक विज्ञप्ति जारी गर्दै डा. केसीले आफू लामो समयदेखि विश्वविद्यालय सुधारका लागि पदाधिकारी नियुक्तिमा दलीय भागवण्डाको अन्त हुनुपर्ने मागसहित संघर्षमा रहेको जनाए।
पछिल्लो सत्याग्रहका बेला नियुक्ति प्रक्रियामा सुधारका लागि कानुनी व्यवस्था गर्ने सम्झौता भएको स्मरण गर्दै उनले कानुन नबनेसम्मका लागि वरिष्ठता र कार्यक्षमतालाई नियुक्तिको आधार बनाउन माग राखेका छन्।
“नयाँ कानुन नबनुन्जेल वरिष्ठता तथा कार्यक्षमताका आधारमा पदाधिकारी नियुक्ति गर्न तथा भ्रष्ट र काठमाडौं विश्वविद्यालयका विवादित पदाधिकारीहरुलाई फेरि नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराउँछौं,” विज्ञप्तिमा डा.केसीले भनेका छन्।