तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौं। दाङको तुलसीपुर उपमहानगरपालिका–६ बरूवागाउँमा तास खेल्दै गर्दा १५ जना पक्राउ परेका छन्।

खुमानसिंह वलीको घरमा तास खेलिरहेका सोही ठाउँ बस्ने ४२ वर्षीय ज्ञानबहादुर डाँगीलगायत १५ शनिबार साँझ पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद तीन लाख ३९ हजार ६६० रूपैयाँ र चार गड्डी ताससहित पक्राउ गरेको हो।

जुवातास नियन्त्रण ऐनअन्तर्गत उनीहरूविरुद्ध प्रहरीेले मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।