दिउँसै नौं लाख बढिको गहना चोरी
<p>काठमाडौं। काठमाडौं महानगरपालिका-२६ रानीबारी त्रिवेणीमार्गमा रहेको नविन भुसालको घरबाट सुनका गरगहना चोरी भएको छ।</p>
<p>चोरी भएको गरगहनाको मुल्य करिब नौं लाख १७ हजार ५०० रूपैयाँ हो। </p>
<p>महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार दिउँसो चोरी भएको थियो। चोरीमा संलग्नहरूको पहिचान भएको छैन। प्रहरीले उनीहरुको खोजी गरिरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
