काठमाडौं। ललितपुरमा २७ वर्षीया महिला बलात्कृत भएकी छिन्।
ग्वार्कोमा रहेको लुम्बिनी गेष्ट हाउसमा उनी शुक्रबार दिउँसो बलात्कृत भएकी हुन्।
बलात्कारमा संलग्न रहेको आरोपमा ४३ वर्षीय अर्जुनप्रसाद तिमिल्सिना र अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूले गेष्ट हाउसमा फकाएर लगेपछि बलात्कार गरेको भन्दै ती महिलाले महानगरीय प्रहरी वृत्त सातदोबाटोमा जाहेरी दिएपछि सोही जाहेरीको आधारमा पक्राउ गरिएको वृत्तले जनाएको छ।
पक्राउ परेका तिमिल्सिना काभ्रेको बेथानचोक गाउँपालिकाका हुन्।
वृत्तले उनीहरूविरुद्ध जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।
" /> काठमाडौं। ललितपुरमा २७ वर्षीया महिला बलात्कृत भएकी छिन्।ग्वार्कोमा रहेको लुम्बिनी गेष्ट हाउसमा उनी शुक्रबार दिउँसो बलात्कृत भएकी हुन्।

">