झापा। झापा गाउँपालिका-१ मिलनबस्तीमा सुकुम्बासी टोल छ। जहाँ सन्थाल समुदायको बसोवास रहेको छ। उनीहरुसँग पेट भर्नका लागि त भर्खर अन्न घरमा थन्क्याएका छन् तर जाडोमा ओढ्ने सिरक नहुँदा आगो तापेर रात बिताउँछन्।
यसरी नै वर्षौं बिताएका उनीहरु शुक्रबार भने निक्कै खुसी देखिन्थे। समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लायन्स क्लब सुरुङ्गाको सहयोगमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइराला सुकुम्बासी बस्तीमा न्यायो सिरक लिएर पुगेका थिए। उनीहरुले गाउँपालिकाका अध्यक्ष जयनारायण साहलाई साक्षी राखेर क्लवले ल्याएको फाइबरका ८२ थान सिरक सन्थाल परिवारलाई वितरण गरेका छन्।
“रातभर पराल र दाउराको आगो तापेर रात बिताउँथे, आजदेखि सिरक ओढेर सुत्छु,” झापा गाउँपालिका-१ सुकुम्बासी बस्तीकी ७० वर्षीया सुका हस्दाले सिरिक पाएपछि खुसी हुँदै भनिन्। हस्दाजस्तै कपडा किनेर शरीर ढाक्न नसक्ने अवस्थाका उनीहरुलाई क्लबले दिएको न्यायो ओड्ने सिरकले खुसी ल्यायो।
उनीहरु कन्काइ नदीको किनारमा वर्षौंदेखि बसोवास गर्दै आएका छन्। उनीहरुको बस्तीदेखि ५०० मिटर उत्तरमा कन्काइ नदी बगेको छ। जिल्लाकै विकट स्थानमध्ये यो वस्ती पनि रहेको गाउँपालिकाका अध्यक्ष साहले बताए। जहाँ सन्थाल समुदायको मात्र बसोवास रहेको छ।
उनका अनुसार सुकुम्बासी बस्तीमा बसोवास गर्ने ८२ घर परिवार नै मजदुर र गाईबस्ती पालेर गुजारा चलाउँदै आएका छन्। उनीहरुको प्रायः दिउँदका रातहरु वर्षामा नदीले बगाएर ल्याएको मूढा र परालको आगो तापेर बित्ने गर्छ। प्रजिअ तिम्सिना र प्रहरी प्रमुख कोइरालाले प्रहरीले समाजमा विकृति विसङ्गति रोक्न, शान्ति र अमनचयन कायम राख्दै विपद्मा परेकालाई समुदायसँग मिलेर सहयोग पनि गर्दै आइरहेको बताए।
लायन्स क्लब सुरुङ्गाले विगतदेखि नै विपद्मा परेका र गरिब दुःखीलाई सहयोग गर्दै आएको छ। लायन्स क्लबका डिस्ट्रिक म्यानेजर लीला चिमरियाले यस वर्ष ४०० बढी परिवारलाई सहयोग गर्ने बताइन्। उनले सहारा नेपाल र संस्थाकै सहयोगमा उनीहरुलाई न्यायो कपडा सहयोग गर्ने गरेको बताइन्। क्लबका अध्यक्ष मनोज बस्नेतले शुक्रबार नै कनकाई नगरपालिकास्थित कोटीहोमको वृद्धाश्रामका १७ र २१ बटुकलाई समेत न्यायो कपडा वितरण गरेको बताए। रासस
" /> झापा। झापा गाउँपालिका-१ मिलनबस्तीमा सुकुम्बासी टोल छ। जहाँ सन्थाल समुदायको बसोवास रहेको छ। उनीहरुसँग पेट भर्नका लागि त भर्खर अन्न घरमा थन्क्याएका छन् तर जाडोमा ओढ्ने सिरक नहुँदा आगो तापेर रात बिताउँछन्।यसरी नै वर्षौं बिताएका उनीहरु शुक्रबार भने निक्कै खुसी देखिन्थे। समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लायन्स क्लब सुरुङ्गाको सहयोगमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइराला सुकुम्बासी बस्तीमा न्यायो सिरक लिएर पुगेका थिए। उनीहरुले गाउँपालिकाका अध्यक्ष जयनारायण साहलाई साक्षी राखेर क्लवले ल्याएको फाइबरका ८२ थान सिरक सन्थाल परिवारलाई वितरण गरेका छन्।

">