धनुषा। नक्कली कागजपत्र तयार गर्ने कार्यमा संलग्न रहेको आरोपमा जनकपुर उपमहानगरपालिका–८ का विभिन्न ठाउँबाट ६ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भारत बिहार घर भई हाल मोरङ बिराटनगर उपमहानगरपालिका–४ बस्ने २७ वर्षीय समिर साह, महोत्तरी भंगाहा नगरपालिका–९ बस्ने २१ वर्षीय आदित्य यादव, जलेश्वर नगरपालिका–२ बस्ने ३४ वर्षीय कुनाल चौधरी, धनुषा जनकपुर उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय चन्दन प्रसाद साह, सोही उपमहानगरपालिका–२ बस्ने ५० वर्षीय राम चन्द्र साह र बिदेह नगरपालिका–३ बस्ने २३ वर्षीय चन्दिर राय रहेका छन्।
जनकपुर उपमहानगरपालिका–८ स्थित होटल सिटीमा नक्कली कागजपत्र तयार गर्ने मानिस बसेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले होटेलको १०६ नम्बर कोठाबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको नक्कली छाप, प्रमाणपत्र तथा लोगो लगायत अन्य बिभिन्न कार्यालयको छाप बरामद गरेको छ।
उनीहरूमाथि संगठित अपराध तथा सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद थप भई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
" /> धनुषा। नक्कली कागजपत्र तयार गर्ने कार्यमा संलग्न रहेको आरोपमा जनकपुर उपमहानगरपालिका–८ का विभिन्न ठाउँबाट ६ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा भारत बिहार घर भई हाल मोरङ बिराटनगर उपमहानगरपालिका–४ बस्ने २७ वर्षीय समिर साह, महोत्तरी भंगाहा नगरपालिका–९ बस्ने २१ वर्षीय आदित्य यादव, जलेश्वर नगरपालिका–२ बस्ने ३४ वर्षीय कुनाल चौधरी, धनुषा जनकपुर उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय चन्दन प्रसाद साह, सोही उपमहानगरपालिका–२ बस्ने ५० वर्षीय राम चन्द्र साह र बिदेह नगरपालिका–३ बस्ने २३ वर्षीय चन्दिर राय रहेका छन्।

">