काठमाडौँ। युरोपियन युनियनसँग सम्बन्ध टुटेपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनका पिताले फ्रान्सको नागरिकता लिन आवेदन दिने भएका छन्। स्टेनली जोनसनले फ्रान्सको आरटीएल रेडियोसँग भने, “म आफूलाई सधैं फ्रान्सेली देख्छु, किनकि मेरी आमा फ्रान्समा जन्मिएकी हुन्।”
८० वर्षीय उनी युरोपियन संसद्को कन्जर्भेटिभ सदस्य रहिसकेका छन्। २०१६ मा भएको ब्रेक्जिट जनमतमा उनले ईयूलाई मत दिएका थिए।
उनका पुत्र बोरिसले ईयूबाट बाहिरिने अभियानको नेतृत्व गरेका थिए। अन्ततः उनी सो काममा सफल पनि भए।
स्टेनलीले बिहीबार बेलायत ईयूबाट अलग हुनुभन्दा केही घण्टाअघि प्रसारित एक रेडियो अन्तर्वार्तामा आफू फ्रान्सेली नागरिक हुनुपर्नेका केही कारण बताए। उनले भने, “यो फ्रेन्च बन्नेबारे कुरा होइन। मसँग पहिलादेखि नै जे थियो, त्यसलाई पुनः हासिल गर्ने कुरा हो।”
आफ्नी आमा फ्रान्समा जन्मिएको हुनाले उनले आफूलाई सदा युरोपियन रहने बताए। उनी १९७९ मा पनि संसद्मा चुनिएका थिए। त्यसपछि उनले ‘युरोपियन कमिसन’मा काम गरे।
बोरिस जोनसनको बाल्यकालको केही समय ब्रसेल्समा बितेको थियो। ब्रेक्जिट सम्झौताबारे जोनसन परिवारमा सहमति बन्न सकेको थिएन।
बीबीसी
" /> काठमाडौँ। युरोपियन युनियनसँग सम्बन्ध टुटेपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनका पिताले फ्रान्सको नागरिकता लिन आवेदन दिने भएका छन्। स्टेनली जोनसनले फ्रान्सको आरटीएल रेडियोसँग भने, “म आफूलाई सधैं फ्रान्सेली देख्छु, किनकि मेरी आमा फ्रान्समा जन्मिएकी हुन्।”८० वर्षीय उनी युरोपियन संसद्को कन्जर्भेटिभ सदस्य रहिसकेका छन्। २०१६ मा भएको ब्रेक्जिट जनमतमा उनले ईयूलाई मत दिएका थिए।

">