काठमाडौं। रूपन्देही, चितवन र सर्लाहीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
रूपन्देहीको सम्मरीमाई गाउँपालिका-७ बेतकुईयास्थित सडकमा रोकिराखेको लु १ ख ३४४० नम्बरको ट्रकमा लु ४८ प १८३६ नम्बरको मोटरसाइकल बिहीबार बेलुका ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सोही गाउँपालिका-५ बस्ने २२ बर्षीय रामु लोध रहेका छन्। दुर्घटनामा घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। दुवै सवारीसाधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी रूपन्देही तिलोत्तमा नगरपालिका-२ जनकीनगरस्थित सडकमा बा १९ च २०६८ नम्बरको कारको ठक्करबाट पैदलयात्री सुद्धोधन गाउँपालिका-२ बस्ने २४ बर्षीय महेन्द्र मरासिनीको शुक्रबार बिहान मृत्यु भएको छ।
दुर्घटनामा परी घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चितवनको रत्ननगर नगरपालिका-७ मैनाहास्थित सडकमा प्रदेश ३-०३-००२ प ११९१ नम्बरको मोटरसाइकल शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३८ बर्षीया कौशिला महत्तोको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४० बर्षीय सोमराज महत्तोको सोही अस्पतालमा उपचार भईरहेको छ।
सर्लाहीको बागमती नगरपालिका-११ मा ना ६ ख ४०२३ नम्बरको ट्रकले ना ३५ प ९३१ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ६५ बर्षीया जानुका ढकालको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको चन्द्रपुर रौतहट हुँदै थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई चन्द्रपुर रौतहट हुँदै थप उपचारको लागि काठमाडौं पठाइएको छ। दुवै सवारीसाधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
" /> काठमाडौं। रूपन्देही, चितवन र सर्लाहीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।रूपन्देहीको सम्मरीमाई गाउँपालिका-७ बेतकुईयास्थित सडकमा रोकिराखेको लु १ ख ३४४० नम्बरको ट्रकमा लु ४८ प १८३६ नम्बरको मोटरसाइकल बिहीबार बेलुका ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

">