काठमाडौं। रूपन्देहीको सम्मरीमाई गाउँपालिका-७ बेतकुईयामा हिजो बेलुकी रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २२ वर्षीय रामु लोध रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भीम अस्पताल भैरहवामा मृत्यु भएको हो।
सडक छेउमा रोकिराखेको लु १ ख ३४४० नम्बरको ट्रकमा हिजो बेलुकी सवा ७ बजे लु ४८ प १८३६ नम्बरको मोटरसाइकल ठोक्किएको हो। ट्रक चालकलाई इलाका प्रहरी कार्यालय मर्चवारले नियन्त्रणमा लिएको छ।
रूपन्देहीकै तिलोत्तमा नगरपालिका-२ जानकीनगरमा गएराति कारको ठक्करबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा पैदलयात्री सुद्धोधन गाउँपालिका-२ का २४ वर्षीय महेन्द्र मरासिनी रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो।
बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बा १९ च २०६८ नम्बरको कारले पैदल हिँडिरहेका उनलाई गएराति १ बजे ठक्कर दिएको थियो। कारसहित चालकलाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ।