काठमाडौं। ट्राफिक प्रहरीले एकै दिन काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार ४८६ जना सवारी चालकलाई कारबाही गरेको छ। उनीहरू बिहीबार ट्राफिक कारबाहीमा परेका हुन्।
ट्राफिक कारबाहीमा पर्नेमा सडक तथा फुटपाथमा पार्किङ गर्ने १६४ जना, जथाभावी यात्रु चढाउने र ओराल्ने १७० जना रहेका छन्।
यस्तै, एकतर्फी सडकमा सो विपरीत चलाउने ६८ जना, सडक लेन पालना नगर्ने ९७ जना, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने ११० जना र सवारीसाधनको नम्बर प्लेट स्पष्ट नराख्ने २९ जना चालक पनि कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ। विभिन्न नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन पनि सामान्य रूपमा नै सञ्चालन भइरहेका छन्।
" /> काठमाडौं। ट्राफिक प्रहरीले एकै दिन काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार ४८६ जना सवारी चालकलाई कारबाही गरेको छ। उनीहरू बिहीबार ट्राफिक कारबाहीमा परेका हुन्।यस्तै, एकतर्फी सडकमा सो विपरीत चलाउने ६८ जना, सडक लेन पालना नगर्ने ९७ जना, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने ११० जना र सवारीसाधनको नम्बर प्लेट स्पष्ट नराख्ने २९ जना चालक पनि कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ। विभिन्न नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन पनि सामान्य रूपमा नै सञ्चालन भइरहेका छन्।
">