उसुमा निमा घर्तिमगरको कीर्तिमानी स्वर्ण
काठमाडौं। निमा घर्तिमगरले उसुमा कीर्तिमानी स्वर्ण पदक जितेकी छिन्। १२औं दक्षिण एशियाली खेलकुद (साग) मा पनि स्वर्ण पदक जितेकी निमाले आज थप एक स्वर्ण पदक जितेकी हुन्। यससँगै उनी उसुमा सागमा दुई स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छिन्।

लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको कभर्डहलमा निमाले उसुको थाउलोअन्तर्गत महिला नान्दोमा कुल १८.९१ अंक जोडेर स्वर्ण जितेकी हुन्। यस स्पर्धामा बंगलादेशले रजत र श्रीलंकाले काश्य जित्यो।

उसुको पुरुष थाउलो गुन्सुतर्फ नेपालका विश्व बुढा मगरले रजत जिते । यस स्पर्धामा भारतले स्वर्ण र बंगलादेशले कांस्य जित्यो । महिला थाउलो ताइजिनमा नेपालकी मिना ग्लानले रजत जितिन् । श्रीलंकाले स्वर्ण जित्दा बंगलादेशले कास्य जित्यो । उसुमा यसअघि विजय सिंजाली, दीपक हमाल र सुस्मिता तामाङले स्वर्ण पदक जितेका थिए।

"२०१६ मा भन्दा आज राम्रो गरें। एकदम खुशी लागेको छ। अघिल्लो पटक स्वर्ण पदक जित्दा भारतमा भएको थियो। अहिले घरमै हुँदा परिवार पनि आएर हेर्नु भएको छ। यो स्वर्ण मेरो परिवार र प्रशिक्षकहरुप्रति समर्पित गर्न चाहन्छु", स्वर्ण जितेपछि प्रतिक्रिया दिँदै निमाले भनिन्, "अन्य विधामा नतिजा फेयर नहुँदा नराम्रो पनि लागेको छ। हिजो पनि भारतले स्वर्ण र नेपालले रजत पदक जित्नुपर्ने तर श्रीलंकाले जित्यो। आज पनि त्यस्तै भयो।"

निमाले ६ महिनादेखि बन्द प्रशिक्षणमा रहँदा प्रतियोगिताका लागि मानसिकरुपमा तयार भएको पनि बताइन्। तर प्रशिक्षणमा भने शुरुवातमा केही समस्याहरु देखिएको निमाको भनाई थियो । "उसुको म्याट अलि अगाडि आएको भए राम्रो हुन्थ्यो। हामीले शुरुमा अभ्यासको लागि राम्रो ठाँउ पनि पाएका थिएनौं। तर पछि ठीकै भयो।", निमाले भनिन्।

उसुले शुरुमा प्रशिक्षणका लागि राम्रो ठाँउ नपाएर बर्षा याममा पानी चुहिने राखेपको सेमी कभर्ड हलमा प्रशिक्षण गरेको थियो। जहाँ खेलाडी आफैले जमेको पानी पन्छाउँदै प्रशिक्षण गर्थे।

प्रतिक्रिया दिनुहोस्