बैतडी। सिगास गाउँपालिका-३ साउनखेतकी एक बालिकाको आगोले जलेर मृत्यु भएको छ। दुई वर्षीया बालिका रेखा साउँदको जलेर मृत्यु भएको हो।
बालिकाका दाजु चार वर्षीय दिपेश साउँदले आज घरको पछाडी रहेको खरको कुन्युमा आगो लगाउँदा सोही ठाउँमा जलेर बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुवैजनाले खेल्नका लागि सलाई लगेको हुनसक्ने अनुमान गरिएको छ। खरको कुन्युमा लागेको आगोले घरमा समेत समान्य क्षति पुगेको छ भने स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए।
घटनास्थल गाँजरी प्रहरीचौकीबाट चार घण्टाको पैदल दूरीमा रहेको बताइएको छ। शुक्रबार जिल्ला प्रहरी कार्यालयबाट पनि घटनाको अनुसन्धानका लागि टोली जाने धामीले जानकारी दिएका छन्।
रासस
" /> बैतडी। सिगास गाउँपालिका-३ साउनखेतकी एक बालिकाको आगोले जलेर मृत्यु भएको छ। दुई वर्षीया बालिका रेखा साउँदको जलेर मृत्यु भएको हो।बालिकाका दाजु चार वर्षीय दिपेश साउँदले आज घरको पछाडी रहेको खरको कुन्युमा आगो लगाउँदा सोही ठाउँमा जलेर बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

">