काठमाडौँ। वी रिडबाट चित्रकार सुरेश कुमार द्यःलाले बनाएका विभिन्न साहित्यकार र कविका मुहारचित्रमा कवि मञ्जुलले लेखेका कविताहरू समेटिएको ‘हाम्रा कवि र साहित्यकार’ नामक चित्रकविता सङ्ग्रह प्रकाशित भएको छ। यस सङ्ग्रहमा भानुभक्तदेखि सरुभक्तसम्मका मुहारचित्र र ती मुहारचित्रले बोल्ने कविताहरू छन्।

साहित्यकारहरूका सिर्जनामा पाइने भाव र उनीहरूका मुखाकृतिमा देखिने भावअन्तर सम्बन्धित हुन्छन् भन्ने चित्रकार सुरेश कुमार बताउँछन्। त्यसैअनुरूप उनले कवि र साहित्यकारका मुहारचित्र चारकोलले बनाएका थिए।

ती मुहारचित्र हेरेर कवि मञ्जुलले ती मुहारचित्रमाथि कविता लेखेका छन्। सङ्ग्रहमा भानुभक्त आचार्यदेखि सरुभक्त र स्वयं कवि मञ्जुललगायत ५५ कवि तथा साहित्यकारहरू समेटिएका छन्। यस्तै बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, गोमा, छिन्नलता, भूपि शेरचन, पारिजात, शंकर लामिछाने, खगेन्द्र संग्रौलालगायत साहित्यकारको चित्र पुस्तकमा समेटिएको छ।

यस सङ्ग्रहका चित्रकार सुरेश कुमारले देश विदेशमा थुप्रै कला प्रदर्शनी गरी ‘क्यान कला पुरस्कार’ (२०७४), ‘भानुभक्त मुहारचित्र प्रतियोगिता’ (२०४५, प्रथम) लगायतका विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरेका छन्। त्यस्तै, प्रसिद्ध उपन्यास छेकुडोल्माका लेखक स्थापित कवि मञ्जुलले पनि ‘शिक्षा पुरस्कार’ (सन् १९९६), ‘साझा पुरस्कार’ (२०५५) लगायत थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन्।

नेपाली साहित्यका उहिलेदेखि अहिलेसम्मका कवि र साहित्यकारसँग परिचय गराउने यस किताबको मूल्य रू. २७५ तोकिएको छ।

" /> काठमाडौँ। वी रिडबाट चित्रकार सुरेश कुमार द्यःलाले बनाएका विभिन्न साहित्यकार र कविका मुहारचित्रमा कवि मञ्जुलले लेखेका कविताहरू समेटिएको ‘हाम्रा कवि र साहित्यकार’ नामक चित्रकविता सङ्ग्रह प्रकाशित भएको छ। यस सङ्ग्रहमा भानुभक्तदेखि सरुभक्तसम्मका मुहारचित्र र ती मुहारचित्रले बोल्ने कविताहरू छन्।

साहित्यकारहरूका सिर्जनामा पाइने भाव र उनीहरूका मुखाकृतिमा देखिने भावअन्तर सम्बन्धित हुन्छन् भन्ने चित्रकार सुरेश कुमार बताउँछन्। त्यसैअनुरूप उनले कवि र साहित्यकारका मुहारचित्र चारकोलले बनाएका थिए।

ती मुहारचित्र हेरेर कवि मञ्जुलले ती मुहारचित्रमाथि कविता लेखेका छन्। सङ्ग्रहमा भानुभक्त आचार्यदेखि सरुभक्त र स्वयं कवि मञ्जुललगायत ५५ कवि तथा साहित्यकारहरू समेटिएका छन्। यस्तै बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, गोमा, छिन्नलता, भूपि शेरचन, पारिजात, शंकर लामिछाने, खगेन्द्र संग्रौलालगायत साहित्यकारको चित्र पुस्तकमा समेटिएको छ।

यस सङ्ग्रहका चित्रकार सुरेश कुमारले देश विदेशमा थुप्रै कला प्रदर्शनी गरी ‘क्यान कला पुरस्कार’ (२०७४), ‘भानुभक्त मुहारचित्र प्रतियोगिता’ (२०४५, प्रथम) लगायतका विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरेका छन्। त्यस्तै, प्रसिद्ध उपन्यास छेकुडोल्माका लेखक स्थापित कवि मञ्जुलले पनि ‘शिक्षा पुरस्कार’ (सन् १९९६), ‘साझा पुरस्कार’ (२०५५) लगायत थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन्।

नेपाली साहित्यका उहिलेदेखि अहिलेसम्मका कवि र साहित्यकारसँग परिचय गराउने यस किताबको मूल्य रू. २७५ तोकिएको छ।

"> चित्र र शब्दको प्रयोगमा ‘हाम्रा कवि र साहित्यकार’: Dekhapadhi
चित्र र शब्दको प्रयोगमा ‘हाम्रा कवि र साहित्यकार’
काठमाडौँ। वी रिडबाट चित्रकार सुरेश कुमार द्यःलाले बनाएका विभिन्न साहित्यकार र कविका मुहारचित्रमा कवि मञ्जुलले लेखेका कविताहरू समेटिएको ‘हाम्रा कवि र साहित्यकार’ नामक चित्रकविता सङ्ग्रह प्रकाशित भएको छ। यस सङ्ग्रहमा भानुभक्तदेखि सरुभक्तसम्मका मुहारचित्र र ती मुहारचित्रले बोल्ने कविताहरू छन्।

साहित्यकारहरूका सिर्जनामा पाइने भाव र उनीहरूका मुखाकृतिमा देखिने भावअन्तर सम्बन्धित हुन्छन् भन्ने चित्रकार सुरेश कुमार बताउँछन्। त्यसैअनुरूप उनले कवि र साहित्यकारका मुहारचित्र चारकोलले बनाएका थिए।

ती मुहारचित्र हेरेर कवि मञ्जुलले ती मुहारचित्रमाथि कविता लेखेका छन्। सङ्ग्रहमा भानुभक्त आचार्यदेखि सरुभक्त र स्वयं कवि मञ्जुललगायत ५५ कवि तथा साहित्यकारहरू समेटिएका छन्। यस्तै बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, गोमा, छिन्नलता, भूपि शेरचन, पारिजात, शंकर लामिछाने, खगेन्द्र संग्रौलालगायत साहित्यकारको चित्र पुस्तकमा समेटिएको छ।

यस सङ्ग्रहका चित्रकार सुरेश कुमारले देश विदेशमा थुप्रै कला प्रदर्शनी गरी ‘क्यान कला पुरस्कार’ (२०७४), ‘भानुभक्त मुहारचित्र प्रतियोगिता’ (२०४५, प्रथम) लगायतका विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरेका छन्। त्यस्तै, प्रसिद्ध उपन्यास छेकुडोल्माका लेखक स्थापित कवि मञ्जुलले पनि ‘शिक्षा पुरस्कार’ (सन् १९९६), ‘साझा पुरस्कार’ (२०५५) लगायत थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन्।

नेपाली साहित्यका उहिलेदेखि अहिलेसम्मका कवि र साहित्यकारसँग परिचय गराउने यस किताबको मूल्य रू. २७५ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्