काठमाडौँ। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो टिम बनाउँदा अधिकांश महिला र अलगअलग नश्लका व्यक्तिलाई प्राथमिकता दिएका छन्। उनको टिममा ६१ प्रतिशत महिला छन् भने अलग नश्लका ५४ प्रतिशत मानिस छन्।
नवनिर्वाचित राष्ट्रपति बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसको प्रशासनले देशका सबैभन्दा ठूला चुनौती समाधानका लागि अलगअलग विचारधारा, पृष्ठभूमि र प्रतिभाशाली व्यक्तिलाई सामेल गर्न चाहेको देखिन्छ। बाइडेन र ह्यारिसले बुधबार आफ्नो प्रशासनमा सयभन्दा बढी सदस्य चयन गर्ने लक्ष्य लिएका छन्।
यी कुशल मानिसहरूले ह्वाइट हाउसमा आफ्नो योगदान दिनेछन्। ह्वाइट हाउस प्रशासन अब वास्तविक अमेरिकाजस्तो देखिने र अमेरिकावासीका लागि असल काम गर्न तयार रहने बाइडेन-ह्यारिसको टिमले बताएको छ।
टिमले भनेको छ– ‘सबैभन्दा पहिला चयन गरिएका सयभन्दा अधिक व्यक्तिमध्ये ६१ प्रतिशत महिला र ५४ प्रतिशत अलगअलग नश्लका मानिस छन् भने एलजीबीटीक्यू प्लस समुदायका मानिस ११ प्रतिशत रहेका छन्।’
यसबारे बाइडेनले भनेका छन्, “सुरुमै मैले र ह्यारिसले यस्तो प्रशासनको कल्पना गरेका थियौं कि, जुन अमेरिकाजस्तै देखियोस्। टिमको यो विविधता देशमा आएको संकट समाधान गर्न र प्रभावशाली काम गर्दै असल नतिजा निकाल्न सक्षम हुनेछ।”
“चुनौतीको सामना गरिरहेका अमेरिकी नागरिकको उज्ज्वल भविष्यका लागि यस्तो प्रशासन हुनुपर्छ, जसमा देशको छवि देखियोस्,” उपराष्ट्रपति ह्यारिसले भनेकी छन्।
एजेन्सी
" /> काठमाडौँ। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो टिम बनाउँदा अधिकांश महिला र अलगअलग नश्लका व्यक्तिलाई प्राथमिकता दिएका छन्। उनको टिममा ६१ प्रतिशत महिला छन् भने अलग नश्लका ५४ प्रतिशत मानिस छन्।नवनिर्वाचित राष्ट्रपति बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसको प्रशासनले देशका सबैभन्दा ठूला चुनौती समाधानका लागि अलगअलग विचारधारा, पृष्ठभूमि र प्रतिभाशाली व्यक्तिलाई सामेल गर्न चाहेको देखिन्छ। बाइडेन र ह्यारिसले बुधबार आफ्नो प्रशासनमा सयभन्दा बढी सदस्य चयन गर्ने लक्ष्य लिएका छन्।

">