काठमाडौँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सप्तरीको तिलाठी प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दर प्रसाद कानु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उनले सेवाग्राहीसँग ५० हजार रूपैयाँ घुस लिएको पुष्टी भएको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। दायर मुद्दामा उनीसँग ५० हजार रूपैयाँ बिगो दाबी गरिएको छ।
कानुले पक्राउ गरी चौकीमा राखेको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो।
अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले केही दिनअघि उनलाई सेवाग्राहीसँग ५० हजार रूपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो।
त्यसपछि थप अनुसन्धान गर्दा प्रहरी नायब निरीक्षक कानुले पक्राउ गरी कार्यालयमा राखेको मोटरसाइकल फिर्ता दिने बहानामा सेवाग्राहीसँग ५० हजार रूपैयाँ घुस लिई पसलमा राखेको अवस्थामा अख्तियारले बरामद गरेको थियो।
" /> काठमाडौँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सप्तरीको तिलाठी प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दर प्रसाद कानु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।उनले सेवाग्राहीसँग ५० हजार रूपैयाँ घुस लिएको पुष्टी भएको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। दायर मुद्दामा उनीसँग ५० हजार रूपैयाँ बिगो दाबी गरिएको छ।

">