धारामा नुहाउँदा करेन्ट लागेर किशोरको मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। धनुषाको जनकपुर उपमहानगरपालिका–१ पुलचोकमा एकजनाको करेन्छ लागेर मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">मृत्यु हुनेमा १७ वर्षीय राकेशकुमार यादव रहेका छन्। बुधबार दिउँसो मोटर जडान गरेको धारामा नुहाउने क्रममा अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए।</p>
<p style="text-align: justify;">उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। उनी सहिदनगर नगरपालिका–२ का हुन्। </p>