काठमाडौँ। अपहरण तथा शरीरबन्धक मुद्दाका फरार प्रतिवादी सर्लाही हरिवन नगरपालिका–९ का ‘सोलेरकुमार’ भन्ने ३८ वर्षीय दुर्गाबहादुर बुढाथोकी पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले इलामको सूर्योदय नगरपालिका–२ पशुपतिनगरबाट उनलाई पक्राउ गरेको हो।
बाबुराजा रावललाई २०६५ पुस १ गते बुढाथोकीलगायत प्रल्हाद महत, विष्णु जिसी, विकास कार्की, सोल्टी भन्ने टासी गुरुङ, विनोद कार्की र अनिल गुरूङ समेतको समूहले अपहरण गरी बन्धक बनाएर ज्यान मार्ने धम्की दिई फिरौतीबापत् १ करोड ५० लाखरूपैंया लिएको आरोप लागेको छ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको ब्यूरोले जनाएको छ।
" /> काठमाडौँ। अपहरण तथा शरीरबन्धक मुद्दाका फरार प्रतिवादी सर्लाही हरिवन नगरपालिका–९ का ‘सोलेरकुमार’ भन्ने ३८ वर्षीय दुर्गाबहादुर बुढाथोकी पक्राउ परेका छन्।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले इलामको सूर्योदय नगरपालिका–२ पशुपतिनगरबाट उनलाई पक्राउ गरेको हो।

">