ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
<p>काठमाडौँ। खोटाङको रावावेशी गाउँपालिका–१ डुम्रेपानीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।</p>
<p>मृत्यु हुनेमा २६ वर्षीय राजन नेपाली रहेका छन्। उनी सोही ठाउँका हुन्।</p>
<p>उनी सवार को.७ त ४७२७ नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेर आज बिहान दुर्घटना भएको हो। दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए। उपचारको लागि स्वास्थ्य संस्थालाने क्रममा उनको बाटैमा मृत्यु भएको हो।</p>
<p>ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
