काठमाडौं। चीनको बढ्दो प्रभाव देखेर अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन पनि चिन्तित हुन थालेका छन्। उनले चीनको सामना गर्न समान विचारधारा भएका देशहरूबीच गठबन्धन बनाउनु जरूरी रहेको बताएका छन्। बाइडेन जनवरी २० तारिखका दिन राष्ट्रपतिका रुपमा ह्वाइट हाउस प्रवेश गर्ने छन्।
उनले सोमबार भने, ‘‘जब हामी व्यापारिक क्षति, औद्योगिक, मानव अधिकार तथा अन्य मोर्चामा चीनलाई जवाफदेही बनाउन चाहन्छौं र त्यस मुलुकसँग प्रतिस्पर्धा गर्छौं यस्तो समयमा समान विचारधारा भएका सहयोगी देशहरूसँग साझा हित तथा हाम्रा साझा मूल्यको गठबन्धनले नै हामीलाई मजबुत बनाउँछ।’’
बाइडेनले सोमबार राष्ट्रिय सुरक्षा तथा विदेश नीति एजेन्सीको समीक्षा टोलीका सदस्यहरूसँग आफ्नो ब्रिफिङमा ट्रम्पको पालामा विभिन्न विषयमा उठेका विवादका कारण चीन–अमेरिका सम्बन्ध खराब भएको बताए। चीनको तुलनामा अन्य लोकतान्त्रिक देशहरूसँग साझेदारी गरेर अधिक आर्थिक उन्नति गर्न सकिने उनको भनाइ थियो।
बाइडेनले भने, ‘‘हामी विश्व अर्थव्यवस्थाको लगभग २५ प्रतिशत कार्य आफ्नै बलबुतामा गरिरहेका छौं। लोकतान्त्रिक सहयोगीसँग मिलेर हामीले आफ्नो आर्थिक लाभलाई दोब्बर गरिरहेका छौं।’’ चीन र रूसविरुद्धका सुरक्षा चुनौतीहरू पूरा गर्ने मुद्दामा बोल्दै उनले अमेरिकाले स्वयम् आफूलाई मजबुत पार्न थुप्रै कुरामा सुधार गर्नुपर्ने बताए।
उनले भने, ‘‘हामीले आफ्नो क्षमताहरूको बीचको अन्तरलाई अन्त्य गर्नुपर्छ र भविष्यमा घुसपैठ पत्ता लगाउने, त्यसलाई रोक्ने र जवाफ दिने कार्यमा ध्यान दिनुपर्छ।’’
डोनाल्ड ट्रम्प प्रशासनले आफूलाई राष्ट्रिय सुरक्षासँग जोडिएका सबै अहम् जानकारीहरू नदिएको उनले आरोप लगाए। यसलाई उनले ‘गैरजिम्मेवार र राष्ट्रिय सुरक्षाका लागि खतरा’ बताए। रक्षा मन्त्रालय तथा प्रबन्धन र बजेट कार्यालयमा उत्पन्न भएको अवरोधको सामना गरिरहेको उनको भनाइ थियो।
(एजेन्सी)
" /> काठमाडौं। चीनको बढ्दो प्रभाव देखेर अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन पनि चिन्तित हुन थालेका छन्। उनले चीनको सामना गर्न समान विचारधारा भएका देशहरूबीच गठबन्धन बनाउनु जरूरी रहेको बताएका छन्। बाइडेन जनवरी २० तारिखका दिन राष्ट्रपतिका रुपमा ह्वाइट हाउस प्रवेश गर्ने छन्।उनले सोमबार भने, ‘‘जब हामी व्यापारिक क्षति, औद्योगिक, मानव अधिकार तथा अन्य मोर्चामा चीनलाई जवाफदेही बनाउन चाहन्छौं र त्यस मुलुकसँग प्रतिस्पर्धा गर्छौं यस्तो समयमा समान विचारधारा भएका सहयोगी देशहरूसँग साझा हित तथा हाम्रा साझा मूल्यको गठबन्धनले नै हामीलाई मजबुत बनाउँछ।’’

">