झापा। मोफसलमै पहिलोपटक पत्रकार महिलाको छाता सङ्गठनका रूपमा स्थापना गरिएको नारी सञ्चार गृह झापाले स्थापना गरेको अक्षयकोषमा १३ लाख जम्मा भएको छ। पत्रकारिता पेशामा महिला पत्रकारलाई प्रोत्साहन गर्नका लागि पुरस्कार र उनीहरूको क्षमता अभिवृद्धि गरी राष्ट्रिय स्तरका मिडियामा स्थापित गराउने उद्देश्यले स्थापना गरिएको ‘नारी सञ्चार प्रोत्साहन अक्षयकोष’मा विभिन्न सङ्घसंस्था र सामाजिक व्यक्तित्वले सो रकम सहयोग गरेका हुन्।
वि.सं. २०६९ मा स्थापना भएको संस्थाले २०७५ भदौमा २५ लाखको अक्षयकोष स्थापना गरेको हो। पन्ध्र स्थानीय तह रहेको जिल्लामा अधिकांश पालिकाले समेत अक्षयकोष वृद्धिका लागि सहयोग गर्दै आएका छन्। महिला लहडका भरमा पत्रकारितामा आउने र छिट्टै पलायन हुने स्थितिलाई रोक्न अक्षयकोषले सहयोग गर्ने नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटीले बताइन्।
पछिल्लो समय पत्रकार र सामाजिक व्यक्तित्वले समेत आफ्नो र विशेष व्यक्तिको जन्मदिन, विवाहको रकमसमेत बचाएर अक्षयकोषलाई सहयोग गर्दै आएका छन्। हाल झापामा मात्र लक्षित गरेर स्थापना गरेको संस्थालाई प्रदेश १ का १४ वटै जिल्लामा विस्तार गर्ने तयारी भइरहेको अध्यक्ष शिवाकोटीले बताइन्। प्रदेश १ मा मात्र २०० बढी पत्रकार महिला सक्रिय रहेका छन्।
रासस
" /> झापा। मोफसलमै पहिलोपटक पत्रकार महिलाको छाता सङ्गठनका रूपमा स्थापना गरिएको नारी सञ्चार गृह झापाले स्थापना गरेको अक्षयकोषमा १३ लाख जम्मा भएको छ। पत्रकारिता पेशामा महिला पत्रकारलाई प्रोत्साहन गर्नका लागि पुरस्कार र उनीहरूको क्षमता अभिवृद्धि गरी राष्ट्रिय स्तरका मिडियामा स्थापित गराउने उद्देश्यले स्थापना गरिएको ‘नारी सञ्चार प्रोत्साहन अक्षयकोष’मा विभिन्न सङ्घसंस्था र सामाजिक व्यक्तित्वले सो रकम सहयोग गरेका हुन्।वि.सं. २०६९ मा स्थापना भएको संस्थाले २०७५ भदौमा २५ लाखको अक्षयकोष स्थापना गरेको हो। पन्ध्र स्थानीय तह रहेको जिल्लामा अधिकांश पालिकाले समेत अक्षयकोष वृद्धिका लागि सहयोग गर्दै आएका छन्। महिला लहडका भरमा पत्रकारितामा आउने र छिट्टै पलायन हुने स्थितिलाई रोक्न अक्षयकोषले सहयोग गर्ने नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटीले बताइन्।

">