काठमाडौँ। चीनमा व्यापार र रोजगार दिलाउने प्रलोभनमा पारी महिलालाई किक्री गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले बेचबिखनमा संलग्न आरोपमा ३२ वर्षीय किरण तामाङलाई पक्राउ गरेको हो। उनी काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-४ का हुन्। उनी हाल ललितपुरमा बस्दै आएका थिए।
उनले २३ वर्षीया महिलालाई २०७६ पुस २५ गते व्यापार र रोजगारीको प्रलोभन देखाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चीनको सान्दोङ प्रान्तस्थित हेज शहरको ताङ-लो टोलमा ताम्पु थोङलाई बेचबिखन गरेको ब्यूराले जनाएको हो।
ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक अरूण द्विवेदीले ती चिनियाँ पुरुषले महिलालाई शारीरिक र मानसिक यातना दिँदै बन्धक बनाएर राखेको र सोही बेला आफन्तसँग सामाजिक सञ्जालमार्फत् आफू बिक्री भएको जानकारी दिएपछि ब्यूरोसहित सरकारका विभिन्न निकायले गत कात्तिक १२ गते उनको उद्धार गरेको बताए।
पीडित महिलाको जाहेरीका आधारमा तामाङलाई ब्यूरोबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो।
उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार ब्यूरोले मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।
" /> काठमाडौँ। चीनमा व्यापार र रोजगार दिलाउने प्रलोभनमा पारी महिलालाई किक्री गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले बेचबिखनमा संलग्न आरोपमा ३२ वर्षीय किरण तामाङलाई पक्राउ गरेको हो। उनी काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-४ का हुन्। उनी हाल ललितपुरमा बस्दै आएका थिए।

">