सवारी दुर्घटनामा ४ जनाको मृत्यु
काठमाडौं। तनहुँ, सिरहा र मोरङमा भएका फरक सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।

तनहुँको घिरिङ गाउँपालिका-५ देउरालीस्थित सडकमा ग.२ त. ८६३४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेमा ट्याक्टरमा सवार बझाङ घर भएका २३ वर्षीय हेमन्त पातली रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिपी कोइराला स्वास प्रस्वास उपचार केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको थियो।

दुर्घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालले थप उपचारको लागि मणिपाल अस्पताल पोखरा रिफर गरेको छ। अन्य २ जना उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिरहाको लहान नगरपालिका–३ मा स.६ प. ७२९९ र स.११ प. २४०२ नम्बरका दुई मोटरसाइकल सोमबार राती एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स.११ प. २४०२ नम्बरको मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १५ वर्षीया संगीता महतो रहेकी छन्।

दुर्घटनामा घाइते भएकी संगीताको फ्रेण्डस मोडेल अस्पताल लहान हुँदै थप उपचारको क्रममा विराटनगर पुर्याइदा त्यहाँ मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकल चालकको फ्रेण्डस मोडेल अस्पतालमा उपचार भइरहेको छ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–२ हरियाली सामुदायिक वन नजिक को.१ च. ९९४५ नम्बरको स्कोर्पियो र हाल नम्बर नखुलेको मोटरसाइकल सोमबार दिउँसो एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार मिक्लाजुङ नगरपालिका-४ बस्ने सन्तोष लिम्बु र सोही ठाउँ बस्ने २६ वर्षीय सुनिल धमला रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका धमलालाई उपचारको लागि मंगलबारे अस्पतालतर्फ लैजाने क्रममा बाटैमै मृत्यु भएको हो भने लिम्बुको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

स्कोर्पियो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल भने आगो लागेर नम्बर समेत नचिनिने भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्