भरुवा बन्दुक सहित पक्राउ
<p>काठमाडौं। नवलपरासी (पश्चिम)को सरावल गाउँपालिका-२ मनरी खोलाबाट १ थान भरुवा बन्दुक सहित एक जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ।</p>
<p>पक्राउ पर्नेमा सोही गाउँपालिका-१ बासा बस्ने ४० वर्षीय राम समुझ भर रहेका छन्।</p>
<p>अबैध रुपमा भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा प्रहरी चौकी बासाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। </p>
प्रतिक्रिया दिनुहोस्
