काठमाडौँ। प्रहरीलाई नै ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा चितवन माडी नगरपालिका-८ घर भई काठमाडौँ महानगरपालिका-२९ घट्टेकुलो बस्ने ४६ वर्षीय नरेन्द्रनाथ पौडेल र क्राउन टेक्सटाइल्स इन्डष्ट्रिज प्रालि बहुअरी वीरगञ्जका संचालक पर्सा वीरगञ्ज महानगरपालिका-५ बस्ने ५५ वर्षीय पिताम्बर कुमार मुन्का छन्।
उनीहरूलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। पिताम्बरलाई वीरगञ्ज पर्साबाट तथा नरेन्द्रलाई काठमाडौँबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार नेपाल प्रहरीलाई आवश्यक उलन पाइन्टको कपडा २० हजार मिटर खरिद गर्न आर्थिक वर्ष २०७३/०७४ सालमा बोलपत्र आह्वान गरिएको थियो।
उक्त बोलपत्रमध्ये न्यूनतम मूल्याङ्कित बोलपत्रदाता क्राउन टेक्सटाइल्स इन्डष्ट्रिज प्रालि बहुअरी वीरगञ्जबाट प्रति मिटर १ हजार ८२ रूपैयाँका दरले २० हजार मिटरको मूल्य अभिवृद्धि करबाहेकमा २ करोड १६ लाख ४० हजार रूपैयाँमा खरिद गर्ने निर्णय गरिएको थियो।
उक्त फर्म र प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालय नक्साल काठमाडौँबीच भएको सम्झौताबमोजिम आपूर्ति भएको सामानको गुणस्तर परीक्षण गर्न नमुना २०७७ साउन ३० गते एसजिएस चेन्नाइ इन्डिया पठाएको थियो।
आपूर्तिकर्ता फर्म क्राउन टेक्सटाइल्स इन्डष्ट्रिज प्रालिका प्रतिनिधि नरेन्द्रलाई रोहवरमा राखिएको थियो।
“पछि साउन ३२ गते नरेन्द्रले पुनः नेपाल प्रहरी संगठनको नाम, जिम्मेवार अधिकृतको नाम, मोबाइल नम्बर तथा इमेल ठेगानासमेत उल्लेख गरी डिएचएलमार्फत् सोही ल्याबमा आफूखुसी दोश्रो नमूना पठाई प्रहरी संगठनलाई नै जालसाजी गरी आफूलाई फाइदा पु¥याउने कार्य गरेको खुल्न आएको छ,” नेपाल प्रहरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
पक्राउ परेका दुवैजना माथि जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले जनाएको छ।
" /> काठमाडौँ। प्रहरीलाई नै ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरिएको छ।पक्राउ पर्नेमा चितवन माडी नगरपालिका-८ घर भई काठमाडौँ महानगरपालिका-२९ घट्टेकुलो बस्ने ४६ वर्षीय नरेन्द्रनाथ पौडेल र क्राउन टेक्सटाइल्स इन्डष्ट्रिज प्रालि बहुअरी वीरगञ्जका संचालक पर्सा वीरगञ्ज महानगरपालिका-५ बस्ने ५५ वर्षीय पिताम्बर कुमार मुन्का छन्।

">