बाङ्गुई। मध्य अफ्रिकी गणतन्त्रमा आइतबार सम्पन्न राष्ट्रपति र संसदको आम निर्वाचनमा व्यापक हिंसात्मक घटना भएको छ। लामो समयदेखि जारी गृहयुद्धको चपेटामा परेको मध्य अफ्रिकामा हिंसात्मक भिडन्तहरूबाट त्रसित ठूलो संख्याका मानिसले मतदान समेत गर्न पाएनन्।

हालका राष्ट्रपति फस्टिन आचेन्ज टुडेरा अहिलेको निर्वाचनमा समेत अग्रपंक्तिमा रहेका छन्। तर चुनाव हुन एक साता अघिदेखि सत्ता विद्रोह हुने हल्ला चलेको थियो भने चुनावमा परस्पर धाँधलीका आरोप लागेका थिए। यसैबीच, विद्रोहीहरूले देशको चौथो ठूलो शहर केही समय कब्जामा पनि लिएका थिए। हिंसात्मक घटना बढ्दै गएपछि संकटमा परेको सरकारलाई मद्दत गर्न रसिया र रुवान्डाले थप सैनिक पठाएका थिए।

राष्ट्रसंघीय शान्तिसेना र स्थानीय एवं रुवान्डाका सेनाले राजधानीका सडकमा गस्ती गरिरहेका थिए। उनीहरूले मतदान स्थलको सुरक्षाका लागि बख्तरबन्द गाडीको समेत प्रयोग गरेका थिए।

बाङ्गुईमा मतदान सामग्रीको कमी भएपछि मतदान स्थलहरू ढिला गरी खुलेको एकजना चुनाव अधिकृतले बताए।

यहाँ राष्ट्रपतिका लागि १६ जना चुनावी मैदानमा छन्। टुडेराका मुख्य प्रतिस्पर्धीका रूपमा पूर्वप्रधानमन्त्री एनिसेट जर्ज डोलोगिले रहेका छन्। चुनावको परिणाम आगामी जनवरी ४ बाट आंशिक रूपमा प्राप्त हुन थाल्ने र जनवरी १९ मा सम्पूर्ण नतिजा सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ।

मतदान सम्पन्न भएलगत्तै सरकारका प्रवक्ता आङ्गे माक्सिमे काजागुईले सशस्त्र समूहको धम्कीलाई समेत बेवास्ता गर्दै मतदानमा भाग लिएकामा आम मतदाताप्रति आभार प्रकट गरेका छन्।

राष्ट्रिय निर्वाचन आयोगका अधिकारी मोमोकोमा थियोफाइलले केही स्थानमा छिटपुट घटनाबाहेक देशैभर चुनावमा मतदाताको उल्लेख्य सहभागिता रहेको जानकारी दिए। पहिलो चरणमा कुनै उम्मेदवार बहुमत ल्याउन नसके आगामी फेब्रुअरी १४ मा दोस्रो चरणको मतदान हुनेछ।

बाङ्गुईबाहेक देशका विभिन्न भागमा विद्रोहीसँग भिडन्तहरू भएका खबर प्राप्त भएका छन्। कतिपय स्थानमा विद्रोहीहरूले स्थानीय मतदातालाई चुनावमा सहभागी नहुन धम्की दिएका थिए।

चुनाव हुनुअघि १४० स्थानको राष्ट्रिय सभाका लागि उम्मेदवारी दिएका झण्डै १,५०० उम्मेदवारले सुरक्षा व्यवस्था कमजोर रहेका कारण चुनावी प्रचार गर्न समेत पाएका थिएनन्।

पूर्वराष्ट्रपति फ्रान्को बोजिजेलाई भने न्यायाधीशले चुनावमा उठ्नबाट रोकेका थिए। फ्रान्कोमाथि राष्ट्रसंघीय प्रतिबन्धहरू रहेका छन्। चुनावमा उठ्न नपाएपछि फ्रान्कोले विद्रोहीको गठबन्धनलाई मद्दत गरेका थिए।

सरकारले फ्रान्कोको इशारामा सत्ताविद्रोह हुन लागेको भन्दै डिसेम्बरमा एक विज्ञप्ति प्रकाशन गरेको थियो। तर सरकारको उक्त आरोप फ्रान्कोले अस्वीकार गरे पनि ठूलो संख्यामा विद्रोहीहरू राजधानीतर्फ अगाडि बढेका खबर प्राप्त भएका छन्।

मध्य अफ्रिकी गणतन्त्र खनिज पदार्थका लागि निकै धनी राष्ट्र हो तर स्वतन्त्र भएयता ६० वर्षदेखि यहाँ जारी सशस्त्र विद्रोह र अस्थिरताका कारण गरिबी चरम स्थितिमा छ।

सन् २०१३ यता भडकिएको गृहयुद्धबाट हजारौं मानिसको ज्यान गइसकेको छ भने करिब ४९ लाख जनसंख्या रहेको यस मुलुकबाट एक-चौथाइ मानिस अन्यत्र पलायन भएका छन्। झण्डै ६ लाख ७५ हजार मानिस छिमेकी मुलुकहरूमा शरणार्थीका रूपमा बस्न बाध्य छन् र उनीहरू मतदानका लागि योग्य छैनन्।

पछिल्ला दुई वर्षदेखि रक्तपातमा केही कमी आएको छ तर हिंसात्मक घटना जारी छ। विद्रोही समूहहरूले देशको कूल भूभागको दुईतिहाइभन्दा बढी जमिन कब्जा गरेका छन्।

रासस–एएफपी

" /> बाङ्गुई। मध्य अफ्रिकी गणतन्त्रमा आइतबार सम्पन्न राष्ट्रपति र संसदको आम निर्वाचनमा व्यापक हिंसात्मक घटना भएको छ। लामो समयदेखि जारी गृहयुद्धको चपेटामा परेको मध्य अफ्रिकामा हिंसात्मक भिडन्तहरूबाट त्रसित ठूलो संख्याका मानिसले मतदान समेत गर्न पाएनन्।

"> मध्य अफ्रिकी गणतन्त्रको निर्वाचनमा हिंसा: Dekhapadhi
मध्य अफ्रिकी गणतन्त्रको निर्वाचनमा हिंसा

प्रतिक्रिया दिनुहोस्