मस्को। रसियाको पश्चिमी क्षेत्रमा रहेको बारेन्ट्स समुद्रमा माछा मार्न प्रयोग गरिएको एउटा डुङ्गा सोमबार डुब्दा त्यसमा रहेका कम्तीमा १७ व्यक्ति बेपत्ता भइरहेको रसियाको आपतकालीन मन्त्रालयले जनाएको छ।
दुर्घटनामा परेका १९ व्यक्तिमध्ये दुई जनालाई जीवितै उद्धार गरिएको मन्त्रालयको भनाइ छ।
ओनेगा नामको निजी डुङ्गा नोभाया जेम्ल्या नजिकैको जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको जानकारी अधिकारीहरूले स्थानीय समयअनुसार बिहान ७.३० बजे थाहा पाएका थिए।
प्रतिकूल मौसमका कारण डुङ्गामा हिउँ जम्दै गएपछि डुङ्गा नै डुबेको आशंका गरिएको छ । हराइरहेका व्यक्तिको खोजी र उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।
रासस
" /> मस्को। रसियाको पश्चिमी क्षेत्रमा रहेको बारेन्ट्स समुद्रमा माछा मार्न प्रयोग गरिएको एउटा डुङ्गा सोमबार डुब्दा त्यसमा रहेका कम्तीमा १७ व्यक्ति बेपत्ता भइरहेको रसियाको आपतकालीन मन्त्रालयले जनाएको छ।दुर्घटनामा परेका १९ व्यक्तिमध्ये दुई जनालाई जीवितै उद्धार गरिएको मन्त्रालयको भनाइ छ।

">