सात लाख २० हजार बराबरको गहना चोरी
<p style="text-align: justify;">काठमाडौं। काठमाडौं महानगरपालिका-५ कालोपुलस्थित लामो गल्लीमा डेरी गरी बस्ने ३० वर्षीय श्रीकृष्ण सापकोटाको कोठामा चोरी भएको छ।</p>
<p style="text-align: justify;">कोठामा कोही नभएको आवस्थामा करिब सात लाख २० हजार रूपैयाँ मुल्य बराबरका सुनका विभिन्न गहनाहरू आइतबार साँझ चोरी भएको प्रहरीले जनाएको छ।</p>
<p style="text-align: justify;">चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी कार्य प्रहरीले थालेको छ। सापकोटा धादिङको धुनिबेंसी नगरपालिका-२ का हुन्।</p>