काठमाडौं। संखुवासभाको चैनपुर नगरपालिका–४ मैदानेबाट प्रहरीले ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद गरेको छ।
५० थान जिलेटिन, १४ थान इलेक्ट्रिक डेटोनेटर, १६ थान नन इलेक्ट्रिक डेटोनेटर, चार थान सकेट बम र दुई मिटर सेफ्टी फ्युजलगायत विष्फोट पदार्थ प्रहरीले बरामद गरेको हो।
उक्त विस्फोटक पदार्थ प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको हुन सक्ने अनुमान गरिएको छ। प्रहरीले भने अज्ञात समूहको भनेको छ।
आइतबार दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरेको संयुक्त सुरक्षा गस्ती टोली मैदाने पुग्दा टोलीलाई लक्षित गरी फायरिङ भएको र जवाफी फायरिङ गरेपछि सुरूमा फायर खोल्ने समूह फरार भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार त्यसपछि खोजी गर्ने क्रममा उक्त परिमाणको विस्फोटक पदार्थ फेला परेको हो।
" /> काठमाडौं। संखुवासभाको चैनपुर नगरपालिका–४ मैदानेबाट प्रहरीले ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद गरेको छ।५० थान जिलेटिन, १४ थान इलेक्ट्रिक डेटोनेटर, १६ थान नन इलेक्ट्रिक डेटोनेटर, चार थान सकेट बम र दुई मिटर सेफ्टी फ्युजलगायत विष्फोट पदार्थ प्रहरीले बरामद गरेको हो।

">