मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं। कास्कीको पोखरा महानगरपालिका–१ सिमपानीमा हिजो साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाउँका ६५ वर्षीय खड्कबहादुर गुरुङ रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको उपचारको क्रममा फिस्टेल अस्पतालमा मृत्यु भएको हो।

हिजो साँझ साढे ६ बजे ग १५ प २५८ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका गुरुङलाई ठक्कर दिएको थियो।

ठक्कर दिने मोटरसाइकलसहित चालकलाई वडा प्रहरी कार्यालय बगरले नियन्त्रणमा लिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्