बाटोमा चिप्लिएर लड्दा वृद्धको मृत्यु

काठमाडौं। पर्वतमा एक जना वृद्धको चिप्लिएर लड्दा मृत्यु भएको छ।

मृत्यु हुनेमा ७० वर्षीय नन्दबहादुर दमाइ रहेका छन्।

उनी महाशिला गाउँपालिका-४ पाखापानीका हुन्।

आफ्नो घरनजिकै रहेको स्वाँरी खोल्सा क्षेत्रमा पर्ने भीरको बाटोबाट आज चिप्लिँदा उनी करिब १५० मिटर तल खसेका थिए।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।