७१ वर्षीय वृद्ध चरेससहित पक्राउ
<p>काठमाडौं। बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ माटेसाघुका एक वृद्ध चरेससहित पक्राउ परेका छन्। ७१ वर्षीय सेते कटुवाल करिब ८ सय ग्राम चरेससहित पक्राउ परेका हुन्।</p>
<p>कटुवालको सोही ठाउँमा रहेको किराना पसलमा प्रहरी चौकी काँडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त अवैध सामान सहित फेला परेपछि उनी पक्राउ परेका हुन्।</p>
<p>प्रहरीले उनीविरुद्ध लागूऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
