काठमाडौं। काठमाडौं, सप्तरी, रौतहट, चितवन, गुल्मी र मोरङका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-४ स्थित पासिकोट ओरालोमा ना ५ त ६२०८ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
ट्याक्टरको ठक्करबाट नुवाकोट सूर्यगडी नगरपालिका-२ घर भएकी ४६ वर्षीया बाटुलीदेवी थापा मगरको शनिबार दिउँसो मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मगरलाई ठक्कर दिई ट्याक्टरसमेत दुर्घटना हुँदा घाइते भएका ट्याक्टर चालक रामेछाप मन्थली-७ बस्ने २५ वर्षीय लबु खड्काको सोही अस्पतालमा उपचार भइरहेको छ।
यसैगरी काठमाडौं महानगरपालिका-४ सुकेधारानजिक गोपीकृष्ण पुलमा बा २६ प ४०२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति धोबी खोलामा खस्दा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक काठमाडौं कपन बस्ने सिन्धुली दुधौली नगरपालिका-५ घर भएका २७ वर्षीय लोकनारायण श्रेष्ठ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल भारत अस्पताल चावहिलमा उपचारको क्रममा मृत्यु भएको हो।
यसैगरी सप्तरीको शम्भुनाथ नगरपालिका-८ देवधार पुलस्थित सडकमा स १ त ९९६६ नम्बरको ट्याक्टर र बा ४३ प ६२४१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा शनिबार एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार उदयपुर गाईघाट देउरी टोल बस्ने २५ वर्षीय अभिषेक चौधरी रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि युनिक अस्पताल रूपनीतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।
घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी सप्तरी बोदेबर्साइन नगरपालिका-९ हैटीमा प्रदेश २-०१-००१ प ७५३३ नम्बरको मोटरसाइकल शनिबार बेलुका दुर्घटना हुँदा मोटरसाइकलमा सवार सप्तरी खडक नगरपालिका-११ बस्ने २२ वर्षीय देवेश चौधरीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २९ वर्षीय लक्ष्मी चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ।
रौतहटको देवाही गोनाही नगरपालिका-४ दोहर टोल बस्ने २४ वर्षीय गजाधर राय यादवको आफ्नै ईण्डो फार्म कम्पनीको ना ७ त १७५५ नम्बरको ट्याक्टरको ट्रलीले च्यापेर शनिबार साँझ मृत्यु भएको छ।
ट्रली मर्मत गर्ने क्रममा ट्याक्टर ट्रली खसेर ट्याक्टर चालक यादवलाई किच्दा गम्भीर घाइते भएका उनको शुकदेवचोकको शिवदर्शन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै, घाइते भएका मृतकका दाई ३० वर्षीय शेठ राय यादवको सोही अस्पतालमा उपचार भइरहेको छ।
चितवनको राप्ती नगरपालिका-५ भण्डारा चोकमा ना १ त ७६७९ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा शनिबार एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ट्याक्टरमा सवार खैरहनी नगरपालिका-१० बस्ने ४५ वर्षीय महारी महतो रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल भरतपुरतर्फ लैजाने क्रममा बाटैमै मृत्यु भएको हो। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गुल्मीको रेसुङगा नगरपालिका-१३ मसिनो खोलास्थित सडकमा ना ५ ख ३२०४ नम्बरको ट्रकको ठक्करबाट दुई जना पैदलयात्रीको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय टोपबहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेल रहेका छन्। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मोरङको पथरीशनिश्चरे नगरपालिका-१० शिविरडाँडास्थित सडकमा को २ त ५५८१ नम्बरको ट्याक्टरले मे ११ प ३४३५ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक रतुवामाई नगरपालिका-१० बस्ने ५२ वर्षीय सन्तबहादुर आले मगर रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको नोवल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका-५ बस्ने ४५ वर्षीय शुक्ल मुर्मुको पथरी अस्पताल पथरीमा उपचार भइरहेको छ। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।
दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्धार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
" /> काठमाडौं। काठमाडौं, सप्तरी, रौतहट, चितवन, गुल्मी र मोरङका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-४ स्थित पासिकोट ओरालोमा ना ५ त ६२०८ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

">