काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ पार्किङ एरियाबाट करिब १०० ग्राम सुन जस्तो देखिने पहेँलो धातुको दुई थान बालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले उनीहरूको साथबाट नगद आठ लाख ७७ हजार रूपैयाँसमेत शनिबार बिहान बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं टोखा बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भएका ४० वर्षीय प्रल्हाद थापा र काठमाडौं कीर्तिपुर बस्ने धादिङ ज्वालामुखी गाउँपालिका–३ घर भएका ४२ वर्षीय अर्जुनप्रसाद थपलिया रहेका छन्।
उक्त स्थानमा जाँच गर्ने क्रममा भन्सार छली ल्याउन लागेको उक्त धातुसमेत फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ पार्किङ एरियाबाट करिब १०० ग्राम सुन जस्तो देखिने पहेँलो धातुको दुई थान बालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीले उनीहरूको साथबाट नगद आठ लाख ७७ हजार रूपैयाँसमेत शनिबार बिहान बरामद गरेको जनाएको छ।

">