ट्रकको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु <p>&nbsp;काठमाडौं।&nbsp;गुल्मीको रेसुङगा नगरपालिका-१३, मसिनो खोलामा गएराति&nbsp;ट्रकको ठक्करबाट २ पैदलयात्रीको मृत्यु भएको छ।&nbsp;</p> <p>बुटवलबाट तम्घासतर्फ जाँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले सोही ठाउँका २६ वर्षीय टोपबहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेललाई गएराति&nbsp;साढे २ बजे ठक्कर दिएको थियो।&nbsp;</p> <p>दुर्घटनामा दुवैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।</p> <p>ठक्कर दिने ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।</p>
प्रतिक्रिया दिनुहोस्