पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ३५ सवारी दुर्घटना: एक जनाको मृत्यु, १९ घाइते
<p>काठमाडौं। गएको २४ घण्टामा उपत्यकामा ३५ ओटा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १९ जना घाइते भएका छन्। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।</p>
<p>काठमाडौंको सुकेधारा नजिकै गएराती मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–५ घर भई काठमाडौंको कपन बस्दै आएका २७ वर्षीय लोक नारायण श्रेष्ठ रहेका छन्।</p>
<p>चावहिल स्थित नेपाल भारत अस्पतालमा उपचारको क्रममा गएराती सवा १० बजे उनको मृत्यु भएको हो। गएराती करिब सवा ९ बजे बा २६ प ४०२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर धोवी खोलामा खसेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
