उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको अध्यक्षमा बोगटी विजयी
<p>डाेटी। नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको अध्यक्षमा शंकर बोगटी विजयी भएका छन्।</p>
<p>शनिबार डोटीको दिपायलस्थित सेती प्रादेशिक प्राविधिक शिक्षालयमा महासंघको चौथो वार्षिक साधारणसभामा बोगटी सर्वसम्मत अध्यक्ष पदमा चयन भएको उद्योग वाणिज्य संघ डोटीका महासचिव दीपकबहादुर खड्काले जानकारी दिए। </p>
<p>उनका अनुसार उपाध्यक्षमा कैलाली टीकापुरका रामबहादुर भण्डारी पनि सर्वसम्मत चयन भएका छन्।</p>
<p>एशोसिएट उपाध्यक्षमा कैलालीकै अनिलकुमार भुजनिया र कोषाध्यक्षमा बझाङका दानकुमार शर्मेली विजयी भएका छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
