यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अन्य ठाउँको मौसम सामान्यतया सफा रहको छ।

हाल देशमा उत्तर–पश्चिमी वायुको प्रभाव छ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ।

राति प्रदेश १, बागमती र गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने विभागको भनाइ छ।

यस्तै तापक्रम चिसो रहिरहने तथा तराई र पहाडी भू(भागका केही स्थानमा बिहानीपख हुस्सुरकुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्