कञ्चनपुर। दोधारा चाँदनी नगरपालिका-१ चाँदनीमा रहेको महाकाली आदर्श माध्यमिक विद्यालयमा आज आगलागी हुँदा करिब चार लाख रुपैयाँ बराबरकाे क्षति भएको छ।
आगलागीबाट विद्यालय भवन र भण्डारणगृहमा राखिएका बेञ्च, डेस्क, कुर्सीलगायत सामग्री जलेर नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए।
विद्यालयमा आगलागी भएपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीका सहयोगमा दमकलको प्रयोग गरी आगाे नियन्त्रण गरिएको उनले बताए। “विद्यालयमा आगलागीबारे अनुसन्धान भइरहेको छ,” उनले भने, “अहिलेसम्म आगलागी हुनाको कारण खुल्न सकेको छैन।” रासस
" /> कञ्चनपुर। दोधारा चाँदनी नगरपालिका-१ चाँदनीमा रहेको महाकाली आदर्श माध्यमिक विद्यालयमा आज आगलागी हुँदा करिब चार लाख रुपैयाँ बराबरकाे क्षति भएको छ।आगलागीबाट विद्यालय भवन र भण्डारणगृहमा राखिएका बेञ्च, डेस्क, कुर्सीलगायत सामग्री जलेर नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए।

">