आदिस आबाबा, इथियोपिया। इथियोपियामा पछिल्लो केही दिन भएका सशस्त्र समूहसँगको झडपमा परी मृत्यु भएकाहरूको सङ्ख्या २०७ पुगेको छ।
देशको पश्चिमी क्षेत्रमा पर्ने बेनिसा एनगुल गुमुज राज्यको मेकेटेलस्थित केकोजी गाउँमा सशस्त्र समूह पसी गाउँलेहरू सुतिराखेको अवस्थामा घर तथा टहरामा आगो लगाएको र केहीलाई गोली हानी हत्या गरिएको थियो। सो घटनामा परी मृत्यु हुनेहरूको सङ्ख्या वृद्धि हुँदै गएर २०७ पुगेको अधिकारीहरूले जनाएका छन्।
मृत्यु भएकामध्ये १३३ वयस्क उमेरका पुरुष रहेका छन् भने ३५ जना वयस्क महिला रहेका छन्। त्यसैगरी २० जना वृद्धवृद्धा र १७ जना बालबालिका रहेका छन्। मृतकमध्ये एक जना ८ महिने शिशुसमेत रहेको अधिकारीहरूले जनाएका छन्। इथियोपियाली मानव अधिकार आयोगले मृतकको सङ्ख्यामा वृद्धि हुँदै गएको शुक्रबार जनाएको छ। मानव अधिकारवादी उक्त समूहले इथियोपियामा पछिल्लो केही समययता मानव अधिकार संरक्षणको अवस्था निकै कमजोर बनेको र यसले नागरिक आक्रान्त बनेका बताएको छ।
आक्रमण लुकीछिपी तथा हाकाहाकी दुवै रूपमा हुने गरेका यसले पछिल्ला महिनाहरूमा निकै विकराल रूप लिएको आयोगले बताएको छ। यस्तो द्वन्द्वका बीचमा इथियोपियामा आगामी जुन महिनामा गर्ने गरी संसदीय निर्वाचनको घोषणा गरिएको छ। निर्वाचन आयोगले अर्को वर्षको जुन ५ तारिखका दिन निर्वाचन गर्ने गरी शुक्रबार निर्वाचनको मिति घोषणा गरेको अधिकारीहरूले जनाएका छन्।
सन् २०२० मै निर्वाचन गर्ने तालिका भए पनि कोरोनाभाइरसको महामारीका कारण अहिले निर्वाचन हुन नसकेर अर्को वर्ष गर्ने तय भएको हो।
रासस/सिन्ह्वा
" /> आदिस आबाबा, इथियोपिया। इथियोपियामा पछिल्लो केही दिन भएका सशस्त्र समूहसँगको झडपमा परी मृत्यु भएकाहरूको सङ्ख्या २०७ पुगेको छ।देशको पश्चिमी क्षेत्रमा पर्ने बेनिसा एनगुल गुमुज राज्यको मेकेटेलस्थित केकोजी गाउँमा सशस्त्र समूह पसी गाउँलेहरू सुतिराखेको अवस्थामा घर तथा टहरामा आगो लगाएको र केहीलाई गोली हानी हत्या गरिएको थियो। सो घटनामा परी मृत्यु हुनेहरूको सङ्ख्या वृद्धि हुँदै गएर २०७ पुगेको अधिकारीहरूले जनाएका छन्।

">